कांग्रेसले भन्यो -उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि भयो



काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि भएकोे बताएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारप्रति असन्तुष्टि बढ्दै गएको पुष्टि उपनिर्वाचनले गरेको बताएका हुन् ।

उनले कांग्रेसले उपनिर्वाचनमा परिणामलाई भन्दा निर्वाचनको प्रकृयालाई ध्यान दिंदा निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन भएको बताए ।

उनले सरकार निर्वाचनलाई भयरहीत र निस्पक्ष बनाउन भन्दा निर्वाचन आयोगको आचारसंहितालाई उल्लंघन गरी प्रदेश प्रमुखहरुको पदलाई रिक्त गर्ने र नयाँ नियुक्त गर्ने तथा मन्त्रीमण्डलको पुनर्गठन गर्न केन्द्रित भएको आरोप समेत लगाए ।

उनले यस्तो अवस्थामा कांग्रेसले केही स्थानीय तह गुमाएको भएपनि उपत्यकाको भक्तपुर र धरान उपमहानगरपालिका लगायतका महत्वपूर्ण स्थानमा जित हासिल गरेको बताए ।

प्रवक्ता शर्माले उपनिर्वाचनको परिणामले कांग्रेस कहाँ छ भन्नेहरुलाई जवाफ दिएको समेत बताए । उनले मतदाताले दुरगामी अर्थ राख्नेगरी सन्देश दिएको भन्दै नेपाली कांग्रेस हरेक मतप्रति प्रतिवद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका बेला राप्रपा सांसद दीपक सिंह पक्राउ

काठमाडौं । राप्रपाका सांसद दीपक सिंह पक्राउ परेका छन् । राजावादीको आन्दोलनबाट पक्राउ

बिहे गर्ने उमेर घटाउन मन्त्री साहको सुझाव

धनुषा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बिहे गर्ने उमेर कम

सवारीसाधान ग्यारेजमा थन्क्याएर सोमबारदेखि आन्दोलनमा उत्रिने व्यवसायीको घोषणा

काठमाडौं । यातायात व्यवसायीले सोमबारदेखि सार्वजनिक यातायात ठप्प पर्ने घोषणा गरेका छन् ।

एक सातासम्म मनसुन निष्क्रिय रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले सरदर मितिभन्दा १५