बेटी पढाऊ, बेटी बचाऊ अभियानप्रति अमेरिकी चासो



जनकपुरधाम । प्रदेश दुई सरकारले संचालनमा ल्याएको महत्वाकांक्षी कार्यक्रम बेटी पढाउ, बेटी बचाउ अभियानप्रति अमेरिकी सरकारले चासो व्यक्त गरेको छ ।
प्रदेश सरकारको कार्यक्रमबाट प्रभावित भएको अमेरिकी राजदुत र्याण्डी बेरी आफैं जनकपुर पुगेर प्रदेश सरकार, बेटी पढाउ, बेटी बचाउ तथा लक्षित वर्गलाई छुट्टाछुट्टै भेटे पछि कार्यक्रममा सहयोग गर्ने उत्सुकता देखाएका हुन् ।

तीन दिनदेखी जनकपुरमा रहेका राजदुत बेरी सहितको टोलीले बेटी पढाउ, बेटी बचाउको टोलीसंग छलफल गर्दै सहयोग गर्ने उत्सुकता देखाएका कार्यक्रमका संयोजक प्रियंका यादवले जानकारी दिइन् ।

प्रदेश सरकार बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा १४ हजार साइकल वितरण, एक सय सामुदायिक विद्यालयमा छात्रा शौचालयको निर्माण, करिब ५ हजार नवजात छोरीहरुको विमा, महिलाहरुको लागि लोक सेवा कक्षाको तयारी जस्ता बहुआयमिक कार्यक्रमहरु संचालन गरिरहेका छन् ।

उक्त कार्यक्रमहरुमै अमेरिकी दुतावासले सहयोग गर्ने इच्छा व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजावादीले लिए उपत्यका बन्दको कार्यक्रम फिर्ता

काठमाडौं । राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं

दिउँसो पक्राउ परेका कमल थापा, दीपक सिंहसहित ७ जना रिहा

काठमाडौँ । काठमाडौँको नारायणचौरमा आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष

सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं । सरकारले सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

राजावादी समूहद्वारा उपत्यका बन्द घोषणा

काठमाडौं । राजावादी समूहले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था