समस्या समाधानका लागि प्रधानमन्त्री स्तरमा तत्काल छलफल गर्नुपर्छ



काठमाडौं । प्रमुख राजनीतिक दलका नेताहरुले भारतसँग कालापानीलगायतका सीमा समस्या समाधान गर्न सरकारलाई उपयुक्त अवसर प्राप्त भएको बताएका छन् । काठमाडौंमा आयोजित साक्षात्कारमा उनीहरुले यस्तो बताएका हुन् ।

साक्षात्कारमा नेकपामा नेता भीम रावलले सरकारलाई यो समस्या समाधानका लागि राष्ट्रिय सहमति प्राप्त भएको बताए । नेपाली काँग्रेसका नेता रमेश लेखकले नेपाली भूमि कालापानीमा भारतीय सुरक्षा बल हटाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि सरकारले उपयुक्त अवसर प्राप्त भएको बताए ।

उनले नेपालले ती समस्या समाधानका लागि प्रधानमन्त्री स्तरमा तत्काल छलफल गर्नुपर्ने बताए । राष्ट्रिय जनता पार्टी, नेपालका नेता महेन्द्र यादवले उच्चस्तरीय राजनीतिक नेतृत्वबीचको वार्ताद्वारा नेपाल भारतबीचको सीमा समस्या समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले नेपालसँग आफ्नो मिचिएको भूमि भारतबाट फिर्ता लिन यथेष्ट प्रमाण रहेको पनि उल्लेख गरे । नेता यादवले दुई मुलुकबीचको सीमा समस्या विगत देखिनै रहेको उल्लेख गर्दै दुई तिहाई मत सहितको बलियो सरकारले ती समस्याको दीर्घकालीन समाधान गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजावादी समूहद्वारा उपत्यका बन्द घोषणा

काठमाडौं । राजावादी समूहले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था

सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए

ललितपुरको जावलाखेलमा देखाइयो भोटोजात्रा(फोटोफिचर)

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले भोटोजात्रा अवलोकन गरेका छन् । उनी आइतबार अपरान्ह

बिहे गर्ने उमेर घटाउन मन्त्री साहको सुझाव

धनुषा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बिहे गर्ने उमेर कम