डा केसीको समर्थनमा डडेल्धुरामा सरकारी सवारी साधन संचालनमा रोक



डडेल्धुरा । चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनसनरत प्राध्यापक डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले जानकारी दिए ।

बिहान ८ देखि अपरान्ह ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उनको भनाइ थियो ।

यस्तै उक्त सङ्घको नेतृत्वमा आज दिउसोदेखि अपरान्हसम्म सदरमुकाम बागबजार क्षेत्रका पसल बन्द गर्ने निर्णय पनि गरिएको छ । डडेल्धुरा अस्पतालमा सत्याग्रहमा रहनुभएका डा केसीको समर्थनमा जिल्लामा दैनिक विभिन्न कार्यक्रम हँुदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेलम्चीको बाढीले यसरी बगायो चनौटेको रातो पुल(भिडियोसहित)

मेलम्ची । शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी

गृह मन्त्रालयले भन्यो-दार्चुला घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक गर्छौं

काठमाडौं । गृह मन्त्रालयले दार्चुला घटनाको छानबिनका लागि स्थानीय प्रशासन र सुरक्षाकर्मीसहितको टोली

लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा बहुमतको सरकार गठनका लागि पहल गर्न प्रदेश प्रमुखसँग आग्रह

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरी

जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौँ । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मतिले चयन भएका