चुरे दोहनले पर्यावरणीय सङ्कटः पूर्वराष्ट्रपति यादव



जनकपुरधाम । पूर्वराष्ट्रपति डा रामवरण यादवले चुरेमा लोकमार्ग बनाउने योजनाबारे पुनः चिन्तन गर्नुपर्ने बताएका छन् । नेपाल साहित्य महोत्सवअन्तर्गत शनिबार जनकपुरधाममा आयोजित ‘चुरेको चिन्ता’ विषयक संवाद कार्यक्रममा उनले चुरेको दोहनले भइरहेको पर्यावरणीय सङ्कटतर्फ सबैको ध्यानु जरुरी रहेको बताए ।

पूर्वराष्ट्रपति यादवले चुरे भएर राजमार्ग बनाउने र स्काभेटर लगायतका यन्त्र प्रयोग गरी दोहन गर्ने क्रियाकलापले पानीको मुहान सुक्दै गएको, पशुपन्छी पलायन तथा लोपको अवस्था सिर्जना भएको बताए ।

नेपालको ६० प्रतिशत जनसङ्ख्या र अन्न भण्डार भएको क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै विकास योजना कार्यान्वयन गर्नुपर्दछ भन्दै उनले तराई मधेशलाई डुबान पार्ने क्रियाकलाप तुरुन्त बन्द गर्नुपर्ने बताए ।

वैज्ञानिक अध्ययन नगरी निजगढमा विमानस्थल निर्माण कार्य गर्नु विडम्बना हुने भन्दै पूर्वराष्ट्रपति यादवले सखुवाका रूखलाई कटान गरी विमानस्थल बनाउने योजनाको पुनः मूल्याङ्कन गर्नु आवश्यक रहेको बताए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा अल्पदृष्टि एवम चिन्तन राखी योजना बनाउने प्रवृत्तिका कारण सङ्कट बढ्दै गएको भन्दै सिङ्गो देशकै गुरुयोजना बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक सातासम्म मनसुन निष्क्रिय रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले सरदर मितिभन्दा १५

राजावादी आइलागे प्रतिरोध गर्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको सरकारले प्रतिगमनकारी शक्तिहरूलाई

६ महिनापछि गाउँ फर्किए तिङ्करवासी

दार्चुला । दार्चुलाको उत्तरी सिमानामा अवस्थित तिङ्कर गाउँमा स्थानीयहरु छ महिनापछि गाउँ फर्किएका

मधेस प्रदेशमा १२ अर्ब ७० करोड लागतका ६४ सडक योजनाको एकैपटक शिलान्यास

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी तथा ठूलो लगानीका