जनकपुरबाट नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनको शुभारम्भ



जनकपुरधाम । नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनको शुभारम्भ बिहीबार जनकपुरधामबाट गरिएको छ । छठको पूर्व सन्ध्यामा नेपाल भ्रमण वर्ष संयोजन समिति, संघीय सरकार र प्रदेश सरकारको संयुक्त तत्वावधानमा जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित कार्यक्रममार्फत उपप्रधानमन्त्री सहितका अतिथिहरुले हातेमालो गर्दै नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनको शुभारम्भ गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालको प्राकृतिक , धार्मिक र सांस्कृतिक संगम विश्वकै लागी अनुपम रहेको बताए । उनले हिमालको चुचुरोदेखि तराई मधेशका फाँटसम्मको प्राकृतिक सौन्दर्यताको वर्णन गर्दै धार्मिक आस्थाका केन्द्र जनकपुर, लुम्बिनीलगायतका क्षेत्रहरु पर्यटक लोभ्याउन पर्याप्त रहेको जिकिर गरे ।

 

संघीय सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले पर्यटन विकासको लागि संघीय सरकार तत्पर रहेको उल्लेख गर्दै पर्यटकीय क्षेत्रको विकासमा प्रदेश सरकारसंग सहकार्य गर्न तयार रहेको बताए ।

 

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार प्रदेश भित्र धार्मिक करिडोरको निर्माण गर्ने प्रक्रिया शुरु गरि सकेको उल्लेख गर्दै यसमा सहयोग गर्न संघीय सरकारलाई आग्रह गरे । उनले पर्यटकीय विकासमा संघ सरकारसंग हातेमालो गर्न एक कदम अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।

प्रदेश सरकारले धार्मिक पर्यटनको महत्व बुझेर नै आफनो विकासको पहिलो कदम जानकी मन्दिरबाट शुरु गरेको उल्लेख गदै मुख्यमन्त्री राउतले अन्य पर्यटकीय स्थलहरुको विकासमा समेत प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । कार्यक्रममा विभिन्न कलाकारहरुले आफनो साँस्कृतिक प्रस्तुती समेत गरेका थिए ।

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत एक खर्ब ५५ अर्ब

हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै

हुम्ला । हुम्लाको अदानचुलीगाउँपालिका–१ कुम्णामा ३३ केभि प्रसारण लाइन क्षमताको सबस्टेसन निर्माण हुन

सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न

तनहुँ । देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद

विदेशको कमाइ छाडेर कृषिमा रमाएका देउकुमार

झापा। “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत