सर्वोच्चले भन्यो -लेनिन विष्टलाई विमानस्थलबाट फर्काउनु असंवैधानिक



काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्वमाओवादी कार्यकर्ता लेनिन विष्टलाई फर्काउने सरकारको निर्णय असंवैधानिक भएको फैसला गरेको छ ।

न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले थाइल्याण्ड जान लागेको बेला विमानस्थलबाट फर्काउने कार्य असंवैधानिक भएको फैसला गरेको हो । फैसलामा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्ररुपमा आवतजावत गर्ने अधिकारलाई बन्देज गर्न नहुने र आगामी दिनमा निजविरुद्ध कुनै पनि यस्ता कार्य गर्नु नहुने उल्लेख छ ।

थाइल्याण्डको एउटा कार्यक्रममा गत २०७५ भदौ ८ जान लागेका विष्टलाई विमानस्थलबाट फर्काउने सरकारको निर्णयविरुद्ध विष्टले २०७५ भदौ १४ गते सर्वाेच्चमा रिट निवेदन दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिहे गर्ने उमेर घटाउन मन्त्री साहको सुझाव

धनुषा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बिहे गर्ने उमेर कम

सवारीसाधान ग्यारेजमा थन्क्याएर सोमबारदेखि आन्दोलनमा उत्रिने व्यवसायीको घोषणा

काठमाडौं । यातायात व्यवसायीले सोमबारदेखि सार्वजनिक यातायात ठप्प पर्ने घोषणा गरेका छन् ।

एक सातासम्म मनसुन निष्क्रिय रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले सरदर मितिभन्दा १५

६ महिनापछि गाउँ फर्किए तिङ्करवासी

दार्चुला । दार्चुलाको उत्तरी सिमानामा अवस्थित तिङ्कर गाउँमा स्थानीयहरु छ महिनापछि गाउँ फर्किएका