कपिलवस्तुमा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु, कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी



कपिलवस्तु । लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा स्थानीयबीचको विवादका कारण झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

कर्फ्यू आदेश उल्लंघन गर्ने माथि प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोली लागी मृत्यु हुने भारतीय नागरिक रहेको पुष्टि भएको छ

प्रशासनले बिहान ११ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

कर्फ्यू कृष्णनगर बजारको भन्सार कार्यालयको उत्तर ७०० मिटरदेखि, पश्चिम ७०० मिटर र पूर्व ३०० मिटर क्षेत्रमा लागु गरिएको छ । बुधकबार साँझ लक्ष्मी मूर्ति सेलाउने विषयमा विवाद पछि झडप भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

बैतडीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बैतडी । बैतडीमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले

कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक एकतर्फी सञ्चालनमा

धरान । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको