प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझायो महराविरुद्धको अनुसन्धान प्रतिवेदन, अब के हुन्छ ?



काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रयासको आरोपको प्रहरी अनुसन्धान प्रतिवेदन काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाइएको छ ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले प्रहरीले अनुसन्धानको फाइल सरकारी वकिल कार्यालयलाई शुक्रबार जिम्मा लगाएको जानकारी दिएका छन् ।

अब सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मुद्धा चलाउने की नचालउने निर्णय गर्ने छ । अब सरकारी वकिल कार्यालयले तिहारलगत्तै अभियोग पत्र दर्ता गर्नुपर्ने छ ।

संसद सचिवालयमा काम गर्ने महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएपछि महराले पदबाट राजीनामा दिएका थिए । प्रहरीले गत असोज १९ गते महरालाई सरकारी निवासबाट पक्राउ गरेको थियो।

पीडित भनिएकी रोशनी शाहीले भने अदालतमा निवेदन दिँदै महराबाट कुनैपनि किसिमको दुव्र्यवहार नभएको उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् र सिँचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख डलर ऋण स्वीकृत

काठमाडौँ । विश्व बैंकले नेपालका दुईवटा परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी

प्रदेश र स्थानीय तहलाई सरकारले पठायो ४ खर्ब १७ अर्ब बजेट, कुन पालिकालाई कति ?(सूचीसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि प्रदेश र स्थानीय तहलाई ४ खर्ब

यातायात व्यवसायीसँग छलफल गर्न सरकारले बनायो आठ सदस्यीय समिति

काठमाडौँ । सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ

अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच विस्तारित कर्जा सुविधाका विषयमा छलफल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) मिसन