प्रधानमन्त्रीलाई मुस्कानको पत्रः हजुरको ठाउँमा म भइदिएको भए त्यो अपराधीलाई फाँसी दिन्थेँ



काठमाडौं । डेढ महिनाअघि तेजाब आक्रमणमा परेकी १४ वर्षीया मुस्कान खातुन अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छन्।

कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानले उक्त चिठी मार्फत् आफू प्रधानमन्त्रीको ठाउँमा भएको भए तेजाब प्रहार गर्नेहरूलाई फाँसी दिने बताएकी छन्।

मिति: २०७६/८/५

माननीय प्रधानमन्त्रीज्यू,

म मुस्कान खातुन अन्सारी,

मेरो तर्फबाट नमस्ते। म एउटा तेजाब आक्रमणको नानी। हजुरलाई एउटा सानो चिठी। यो घटना मसँग घटिएको हो। यो घटनाको पीडा भनेको ठूलो घटना हो। पहिला जेनी खड्का र संगिता मगर तेजाब आक्रमण भए बेला कडा भन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुन्थिनँ होला।

प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई बहुमतको सरकार छ। हजुरको ठाउँमा म भइदिएको भए त्यो अपराधीलाई फाँसी दिन्थेँ। यसपालि ठूलोभन्दा ठूलो सजाय पाओस् ताकि म जस्तो एउटा बालिका या चेलीबेटी वा कसैमाथि तेजाब आक्रमण नहोस्। मैले जति पीडा खपेको छु, त्यो पीडा अरू कोही माथि पनि नहोस्। यो पीडा भनेको सानो पीडा होइन। एउटा देशकै ठूलो पीडा हो। आमा र बुवाको पीडा पनि धेरै ठूलो पीडा हो।

यो पीडा कसैको आमाबुवाले खप्न नपरोस्। त्यो दोषीलाई यसपालि ठूलो सजाय होस्। मेरो हजुरसँग बिन्ती र अपेक्षा छ। हजुरसँग मेरो एउटा अनुरोध छ कि मेरो पीडा बुझिदिनु होस्।

यो घटना कसैमाथि नहोस् र कोही पनि तेजाब आक्रमण भएको चेलिबेटी अस्पताल नआओस् भन्ने अनुरोध छ।

धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिडियाखानाको रेडपान्डा चोर्न खोज्ने दुईजना पक्राउ

काठमाडौं । जावलाखेलस्थित चिडियाखानाको रेडपान्डा चोर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको

रास्वपाले भन्यो-भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ दिनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले सदनमा

सरकार र यातायात व्यवसायीबीचको वार्ता विफल

काठमाडौँ । सरकार र यातायात व्यवसायीबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । सोमबार

पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक आए नेपाल

काठमाडौं  । सन् २०२५ का पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल