म्यानमारका स्टेट काउन्सिलर सूची नेपाल भ्रमणमा आउने



काठमाडौं । सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सूचीको नेपाल भ्रमणको तयारी सुरु गरेको छ । राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सूचिले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उनको भ्रमणको तयारी सुरु गरेको हो ।

सोमबार राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै म्यानम्यारका स्टेट काउन्सिलर सूचीले नेपाल भ्रमण वर्षको प्रवद्र्धनका लागि नेपाल आउने चाहाना राष्ट्रपति समक्ष व्यक्त गरेकाले सरकारले भ्रमणका लागि प्रबन्ध गर्ने कामलाई अघि बढाईसकेको जानकारी दिए ।

मन्त्री ज्ञवालीले उनको भ्रमणको मिति भने खुलाएनन् । मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका क्रममा म्यानमारसँग सुपुर्दगी सन्धि नभएको पनि स्पष्ट पारे ।

उनले नेपालले कसैको दवावमा परेर कुनै पनि सन्धि/सम्झौंता नगर्ने पनि बताए । मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको म्यानमारको चार दिने राजकीय भ्रमण सफल भएको पनि बताए । राष्ट्रपति भण्डारीको म्यानमारको राजकीय भ्रमणका क्रममा दुई मुलुकबीच पर्यटन र सांस्कृतिक सहयोग आदानप्रदान सम्बन्धि महत्वपूर्ण सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना