स्वामी दिव्यानन्दको नेतृत्वमा जगन्नाथधामदेखि पशुपतिनाथसम्म मैत्री यात्रा हुने



काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० लाई घनिभूत रूपले सफल बनाउन धार्मिक क्षेत्रमा असाध्यै नाम कमाएका दक्षिण भारतका चर्चित गुरू स्वामी दिव्यानन्द लागि परेका छन् ।

नेपाल र नेपाली जनतालाई असाध्यै माया गर्ने स्वामीको नेतृत्वमा बिभिन्न क्षेत्रमा नाम कमाएका भारतका ४० जना मुर्धन्य व्यक्तित्व सहित मैत्रीयात्रा सुरू हुन लागेको हो । नेपाल भारत बीच सदियौं देखिको धार्मिक तथा सांस्कृतिक सम्वन्धमा आपसी भाइचाराको माध्यमबाट थप उचाइमा पुर्याउन स्वामी दिव्यानन्द लागि परेका हुन् ।

स्वामी दिव्यानन्दले नेतृत्व गर्ने मैत्री यात्रा अक्टुवर १५ गते विशेष कार्यक्रम गरि जगन्नाथ मन्दिर पुरि सिहंध्दार बाट सुभारम्भ भै भारतका बिभिन्न मन्दिरहरू हुँदै नेपालको भित्तामोड नाकाबाट नेपाल प्रबेश गर्ने कार्यक्रम रहेको छ । राम जानकीको मन्दिर जनकपुरमा विशेष पुजाआजा सहित मैत्री यात्राको टोली पशुपतिनाथ आउनेछ ।

पशुपतिनाथमा विशेष पुजा गरेर काठमाडौका बिभिन्न मठ मन्दिरमा पुजा अर्चना गरी भिजिट नेपाल २०२० को महत्व र यसमा धार्मिक पर्यटनको भुमिका बारेमा विशेष पत्रकार सम्मेलन समेत गरी टोली अक्टोबर २४ मा पुनः जगन्नाथ पुरी पुगेर मैत्री यात्रा सम्पन्न गरिनेछ ।

पर्यटन बर्षलाई सफल बनाउन अहोरात्र खटिएका युवाहरूको रोल मोडल पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव डा प्रदीप ढकालको निम्तोमा यो मैत्री यात्रा स्वामीले नेतृत्व गर्न लागेका हुन् ।

यतिबेला सदस्य सचिव ढकाल भारतमा नै छन् । ९ तारिख देखि भारतका बिभिन्न ठाउँमा धार्मिक पर्यटन भित्राउन कार्यक्रममा रहेका बुझिएको छ । ढकाल समेतको उपस्थितिमा उडिसामा पत्रकार सम्मेलन गरेर यो महाअभियानको बारेमा जानकारी गराईएको थियो ।

नेपालको पशुपतिनाथ र भारतको जगन्नाथ पुरीको बीचको सनातन र ऐतिहासिक सम्वन्धको बिज्ञ स्वामी दिव्यानन्दको तर्फबाट पत्रकार सम्मेलनमा स्वामी ज्युको परम शिष्य साध्वी कृष्णानन्द सरस्वतीले सहभागिता जनाएका थिए ।

उहाँले स्वामी ज्युको आदेशमा आफू आएको र नेपाल भारत बीचको भावनात्मक जनताको तहमा भएको युगिन आत्मिय सम्वन्धलाई थप मजभूत बनाउन र नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई धनिभूत रूपमा सफल बनाउन यो मैत्री यात्रा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बैतडी । बैतडीमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक एकतर्फी सञ्चालनमा

धरान । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको

पूर्वराजाले बार्गेनिङको कुरा गर्ने होइन, सिधा मैदानमा आउनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट

सहकारी मन्त्री अधिकारीको गाडी मेलम्ची खोलामा फस्यो

मेलम्ची । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी