बडादशैंको नवौँ दिन आज सिद्धिदात्रीको पूजा गरिदैं



 

नेपालीहरुको महान चाड बडादशैको नवौँ दिन अर्थात् महानवमी आज सिद्धिदात्रीको पूजा हुदैंछ ।

बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये सिद्धिदात्रीको पूजा हुन लागेको हो । घटस्थापनाका दिन आ आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने गरिन्छ ।

महानवमीका अवसरमा आज दशैँघर र कोत लगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठहरुमा बोका, हाँस, कुखुरा, भेंडा र राँगाको बलिसहित विशेष पूजाअर्चना गरिन्छ । शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला लगायतको बलि दिने र नरिवल चढाउने गर्छन् ।

पुराण अनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ । आज कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ । महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेकहरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने चलन छ ।

हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि बर्षमा एक पटक महानवमीको दिन मात्र खोलिन्छ । हनुमानढोकाको दशैँ घर लगायत कतिपय समुदायले हिजो महाअष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आआफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाएका छन् । आजै सवारी साधनलाई पनि बलि दिएर पूजा गर्ने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तारा एयरले असोज २३ देखि पोखरा–जोमसोम नियमित उडान गर्ने

काठमाडौं । यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम

परराष्ट्रमन्त्रीको शपथ बदरको माग गर्दै सर्वोच्च रिट दर्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिएको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा

ठगी मुद्दामा कानून व्यवसायी नै पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ

ढकाललाई नेपाली साहित्यमा विद्यावारिधि

काठमाडौँ । खाने मुखलाई जुँगाले छेक्दैन, प्रगति गर्ने मान्छेलाई वाधा व्यवधानले कहिल्यै रोक्दैन