उपयुक्त विकल्प नभएसम्म राष्ट्रिय अभिलेखालयको कार्यालय नसार्ने : मन्त्री भट्टराई



संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उपयुक्त विकल्प तयार नभई काठमाडौंको रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको कार्यालय नसार्ने अडान लिएका छन् ।

शुक्रबार राष्ट्रिय अभिलेखालयको ५२ औं वार्षिकोत्सवको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सर्वोच्च अदालतसँग आवश्यक परे छुट्टै सहमति गरेर भएपनि राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न नदिने बताएका हुन् ।

सर्वोच्च अदालतले २०७१ साल बैशाख २५ गते मन्त्रीपरिषदले गरेको निर्णयलाई आधार बनाएर राष्ट्रिय अभिलेखालयको कार्यालय त्यहाँबाट हटाउन पटक–पटक पत्राचार गर्दै आएको छ ।

मन्त्री भट्टराईले भने बरु त्यस सम्बन्धमा सर्वोच्च अदालतसँग बसेर छलफल गर्ने तर सो अभिलेखालयको कार्यालय तत्काल अन्यत्र सार्न नदिने अडान राखे । उनले राष्ट्रिय अभिलेखालयजस्तो संवेदनशील तथा ऐतिहासिक महत्वको कार्यालय उपयुक्त विकल्प तयार नभई अन्यत्र सार्न नमिल्नेस्पष्ट पारे ।

मन्त्री भट्टराईले राष्ट्रिय अभिलेखालयमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै त्यसको पूर्ति तत्काल गर्ने आश्वासन पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा गुरूङ निर्वाचित

काठमाडौं ।  वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा

मर्स्याङ्दी जलविद्युत् केन्द्रः ६९ मेगावाट क्षमताको केन्दबाट ३० मेगावाट मात्र उत्पादन

तनहुँ । तनहुँ  जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट

कोरला नाकाको भन्सार कार्यालयमा कर्मचारी व्यवस्थापन गर्न समस्या

मुस्ताङ। कोरला नाकाबाट घरायसी प्रयोजनका लागि चाहिने मालसामान ल्याउन कुनै रोकावट नभएको मुस्ताङ

वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि धान लगाउने खेतमा माछापालन

नवलपरासी  ।वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन्