डोटीमा जीप दुर्घटनाः परिवारसँग खुशी साट्न नपाउँदै ९ जनाले जीवन गुमाए



२१ साउन, डोटी । कसैले आठ लाख, कसैले दश लाख, कसैले चार लाख बुझेका थिए । सवैका अनुहार उज्यालो थियो । गाउँमा रोपनीको एक लाख पनि मुस्किलले पाइन्थ्यो तर, उनीहरुले प्रति रोपनी एक लाख ९९ हजार मुआव्जा पाएका थिए ।

एकातिर आफ्नो जमिनको आकर्षक मुल्य पाएको खुशी, अर्कोतिर विद्युत आयोजना निर्माण भएपछि गाउँमा झिलिमिली हुने आशा । तर, उनीहरुको त्यो खुशी दैवलाई मन परेनछ । परिवारसँग खुशी बाँड्न नपाउँदै ९ जनाको ईहलिला समाप्त भयो ।

डोटी बोगटान गाउँपालिका–६ गगुडाको धार भन्ने ठाउँमा भएको जीप दुर्घटनामा एउटै बस्तीका आठ जना सहित नौ जनाले ज्यान गुमाए । चार जना गम्भिर घाइते भए ।

अछाम बुढी गंगा नदीमा सरकारी लगानीबाट निर्माण हुन लागेको बुढीगंगा जलबिद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने जमिनको मुआव्जा बुझ्नका लागि डोटी जिल्ला सदरमुकाम आएका उनीहरु मुआव्जा बुझेर फर्किने क्रममा दुर्घटनामा परे ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा बोगटान गाउँपालिका—१ सिमचौर चपरतोलाका ३५ बर्षीय बिष्णुबहादुर मगर, ५५ बर्षीय भिम घर्तिमगर, ५० बर्षीय बुढो घर्ति मगर ४५ बर्षीय गोरख थापा ४८ बर्षीय शसिराम बहादुर पुनमगर, ४५ बर्षीय ललीता देबी पुन, ४० बर्षीय टेकबहादुर पुनमगर र ३० बर्षीय चन्द्रबहादुर घर्तिमगरको एक चिहान भयो । दुर्घटनामा शिखर नगरपालिका–१, कपल्लेकीका २८ बर्षीय चालक बिष्णुबहादुर नेगीको पनि घटना स्थलमै मृत्यु भयो ।

दुर्घटनामा दलबहादुर पुनमगर, हर्क पुनमगर, बिरवहादुर पुनमगर र प्रकाश घर्तिमगर घाईते भए । जीपमा चालक सहित १६ जना सवार रहेकामा अन्य तीन जनालाई सामान्य चोट लागेको छ ।

घाइतेहरुलाई सुजुुङ्ग पुर्‍याइयो

बोटगानमा भएको दुर्घटनाका घाइतेहरुलाई दिपायलस्थित सुजङ्ग अस्पताल पु¥याइएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका बिहान करीव १० वजे घाईतेहरुलाई अस्पताल पुर्‍याइएको हो ।

घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भिर भएका कारण उनीहरुलाई थप उपचारका लागि अन्यत्र रिफर गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको छानबिन गर्नका लागि प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ । कच्ची बाटो, बर्खाको बेला रातीको समयमा भएको दुर्घटना के कारण भएको भन्ने बिषयमा प्रहरी टोलीले अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको दर्शन गरी टीका र प्रसाद ग्रहण

१४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु

काठमाडौं । १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा

गजलकार प्रकट पगेनीको निधन

गण्डकी । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ। जन्डिस