जापानमा सिकेको सीप नेपालमा काम लाग्यो



२१ साउन, काठमाडौं । नेपाली उद्यमीले जापानी स्वादमा गत साताबाट जापानीज बेकरी एण्ड क्याफे सञ्चालनमा ल्याएका छन् ।

नौ वर्ष जापानमा काम गरेका काभ्रे पनौती निवासी, नीरञ्जन अधिकारीको सो बेकरी व्यवसाय र उद्योग एकैपटक सञ्चालनमा आएको हो । नौ वर्ष अनुभव प्राप्त अधिकारीले अन्ततः सिकेको सीप स्वदेशमा उपयोग गरेका छन् । बेकरी उद्योगमा तीन र व्यवसायमा तीन गरी हाल छ जना व्यक्तिलाई उनले रोजगार समेत दिइएको छ ।

काठमाडौँको महराजगञ्जमा सञ्चालित सो बेकरीको नाम उम्दा जापनीज् बेकरी हो । पहिलो चरणमा ३५ लाख लगानी गरेर सुरु गरेको सो बेकरीले ४० मिनेटमा अर्डरबमोजिमका सामग्री तयार गर्ने, उपभोक्तालाई ‘होम डेलीभरी’ सर्भिस दिने र कच्चा पदार्थ जापानबाट आयात गर्ने गर्छ ।

जापानको होकादो शहरमा नौ वर्ष काम गरेका उद्यमी अधिकारीले पहिलो चरणमा बनेपा, भक्तपुर र झम्सिखेलमा छिट्टै शाखा सञ्चालनमा ल्याउने बताउँदै आगामी पाँच वर्षभित्र देशका सबै शहरमा उम्दा जाप्नीज बेकरी एण्ड क्याफे सञ्चालनमा ल्याउने र करिब दुई हजार व्यक्तिलाई रोजगार दिने उनको योजना छ ।

जापानमा बस्दा उनको जापानी साथी मुराकामीले नेपालमा उद्योग र बेकरी पसल एकैपटक सञ्चालन गर्ने सल्लाह दिएका थिए । उनकै सुझावमा स्थापना गरिएको सो संस्थामा मुख्य उत्पादनकर्ता जापानी नागरिक इतो केही छन् ।

पछिल्लोपटक सो बेकरी उद्योगलाई सिंगापुर, भारत, बंगलादेश र ताइवानबाट शाखा विस्तार गर्ने प्रस्ताव आएको छ । गत साता मात्र महाराजगञ्जमा सञ्चालित पसलमा दैनिक ३०० उपभोक्ता आउने गरेका छन् ।

पछिल्लो समयमा विवाह, जन्मोत्सव तथा अन्य शुभकार्यमा केक काट्ने प्रचलन बढेसँगै नेपालमा केक तथा बेकरी उद्योग फष्टाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

‘अञ्जिला’ आगामी माघ ११ मा रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै