कोरोना संक्रमणबाट सप्तरीका एक पुरुषको मृत्यु



धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा गएराति मृत्यु भएको हो । उनी भारतका विभिन्न व्यापारिक सहरमा व्यापरको लागि आउजाउ गर्ने गरेको बुझिएको छ ।

बिहीबार प्रतिष्ठानमा उपचारका लागि भर्ना उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियो । उनको शव अहिले प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

उनी प्रदेश २ सप्तरीका भए पनि प्रदेश १ मा पहिलो व्यक्ति उपचारको क्रममा मृत्यु भएको यो पहिलो घटना हो । शवलाई कसरी व्यावस्थापन गर्ने भनेर समवन्य भईरहेको बताइएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर

गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्वपहिचानका लागि

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा

लगानी कोषका योगदानकर्तालाई गङ्गालाल अस्पतालमा छुट

काठमाडौँ । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय

औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैनः स्वास्थ्यमन्त्री पौडेल

इलाम । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन