थप ७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६,७१९
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १६,७१९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३,६४८ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै, क्वारेन्टाइनमा २४,०९७ जना र आइसोलेसनमा ८,२३९ जना रहेका मन्त्रालयले जनाएको छ । शनिबार ४३१ जना निको भई डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ८,४४२ पुगेको छ । त्यस्तै रेडजोनमा ५४२ जना रहेका मन्त्रालयले जनाएको छ ।