अनि चैत महिनामा तलब र यातायात भत्ता लिने सांसदलाई कारबाही गर्ने कि नगर्ने ?



नारायण गाउँले ।

चैत महिनाको घरभाड़ा लिनेलाई कारबाही गरिने !
-अनि चैत महिनामा तलब र यातायात भत्ता लिने सांसदलाई ?
-चैत महिनाको कर उठाउने सरकारलाई ?
-चैत महिनामा पढाउँदै नपढ़ाई शुल्क लिने विद्यालयलाई ?
-विद्यालय नचले पनि शिक्षकलाई तलब दिने स्कुलसँग चैतको ब्याज उठाउने ब्याङ्कलाई ?
-लकडाउन उल्लङ्घन गर्दै मान्छे ‘उठाउन’ तराई झर्ने सांसदलाई ?
-चीनबाट उद्धार गरिएका विद्यार्थीको नाममा लाखौंको फर्जी औषधि-बिल पेश गरेर पैसा खानेलाई ?
-४० रुपियाँमा सरकार आफैले किन्न सक्ने सामानलाई २४० रुपियाँ लिने ओम्नीलाई ?
-ओम्नीलाई कारबाही गर्छु भन्ने र त्यो भन्दा सस्तोमा सामान किन्ने स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई उल्टै सरूवा गर्नेलाई ?
-दानमा आएका सबै मेसिन र पिसिआर किट्सले काम गर्ने तर करोडौंमा किनेका महँगा किट्सले काम नगर्ने अनौठो कथाका कथाकारहरूलाई ?
-क्वारेन्टीनमा प्रतिव्यक्ति तीन हजारभन्दा बढ़ी खर्च देखाएर फाटेको प्लास्टिकमा भात पोको पारेर खुवाउनेलाई ?
-या उद्धारको नाममा विदेशम फसेका नागरिकसँग तीन गुना बढ़ी हवाइ भाडा उठाउनेलाई ?

घरधनीले जागीर दिने होइन, बस्न दिने हो । बसेको शुल्क लिने हो । कम्तिमा उसले त सेवा दिएर शुल्क लिएको छ । सेवा रोकेर पनि शुल्क उठाउने कैयौं व्यवसाय छन् देशमा । भ्रष्टाचारका चाङ् छन् । कारबाही चाहिँ घरबेटीलाई ? सरकारको राहत भनेको ‘कारबाही’ मात्रै ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी