नेपालमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छैनः प्रमुख पाण्डे
काठमाडौं । रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले नेपालमा कोरोना भाइरसको संक्रमण समूदायस्तरमा नपुगेको दाबी गरेका छन् । आइतबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले अधिकांश संक्रमित विदेशबाट आएकाले समूदायस्तरमा संक्रमण नगएको पुष्टि भएको दाबी गरेका हुन् ।
साथै ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका र संक्रमितमध्ये गम्भीर प्रकारका बिरामी कम रहेको बताए । उनले प्रदेश र स्थानीय तहहरूसँगको सहकार्यमा कन्ट्रयाक्ट ट्रेसिङको संयन्त्रले काम भइरहेको र थप संयन्त्र विस्तार हुने क्रमले कन्ट्रयाक्ट ट्रेसिङको काम थप प्रभावकारी हुने जानकारी दिए ।
अहिले महाशाखामा २० वटा टोली र प्रत्येक प्रदेशमा तीन वटा टोलीले कन्ट्रयाक्ट ट्रेसिङको काम गरिहेका उनले बताए । ‘कन्ट्रयाक्ट ट्रेसिङ’ का लागि ३ हजार २२५ जनाको जनशक्ति टोली तयार गर्ने डाक्टर पाण्डले बताए ।