गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५२३, थप १९ जना संक्रमण पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा आइतबार फेरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा १०, नवलपरासी पूर्वमा एक, कास्कीमा दुई, बागलुङमा पाँच र तनहुँमा एक जना गरी १९ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५२३ पुगेको छ ।