गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जा,कास्की, बागलुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २४ जना कोरोना संक्रमित थपिएका हुन् ।
बागलुङमा १४ जना,कास्कीमा ६ जना, स्याङ्जामा २ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २ जना कोरोना संक्रमित थपिएका हुन्। यो सँगैगण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ।