कोरोनासँग सजग र सतर्क रहनुहोला, आत्तिनु जरूरी छैन



नारायण गाउँले ।
कोरोनाभाइरस पनि रहस्यमय नै रहेछ । संयोगले म र मेरी श्रीमती बेलायतको एउटै हस्पिटलमा काम गर्छौं । कोभिड़-१९ को शुरुदेखि नै ‘इन्टेन्सिभ केयर युनिट’मा काम गर्ने श्रीमतीलाई अप्रिलको पहिलो साता सङ्क्रमणका सघन लक्षण देखिए । यहाँको नियम अनुसार हामी दुबै दुई हप्ता ‘आइसोलेशन’मा बस्नुपर्ने भो । सानो बाबु पनि सँगै भएकाले हामी हस्पिटलले दिएको होटल गएनौं । घरभित्र ‘बारबेर’ सम्भव भएन । उनको छटपटी देखेर हो कि, मलाई पनि दुई दिन ज्वरो आयो । तर, उनमा झैँ अन्य लक्षण ममा थिएन । हाम्रो एकल औषधि सिटामल नै भयो ।

दुई हप्तापछि हामी दुबैको परीक्षण ‘निगेटिभ’ आएकाले काममा फर्कियौं । आइसोलेशनमा बसेको दुई हप्ताबाहेक हामीले सामान्य रूपमा किनमेल र काम गऱ्यौं । इण्डियाबाट आइपुगेको करेलो १६ सय रुपियाँ किलो किन्नुपर्यो तर स्पेनमा फलेको काउली भने असी रुपियाँ किलोमा किनेर खायौं ।
आज झन्डै दुई महिनापछि हस्पिटलले नै गरेको ‘एन्टिबड़ी’ टेस्टमा उनको ‘डिटेक्टेड’ अर्थात् पोजिटिभ नतिजा आयो । ममा भने सङ्क्रमण भएको रहेनछ ।

बसाइदेखि कामसम्म एकै ठाउँमा हुँदा र कुनै बारबेर नहुँदा पनि श्रीमतीबाट म र छोरालाई सङ्क्रमण भएन । त्यतिमात्रै होइन, हस्पिटलमा सँगै काम गर्ने प्रायः धेरैमा एन्टिबड़ी डिटेक्ट भयो । हामीले स्टाफरुमदेखि क्यान्टिनसम्म कहीँ पनि मास्क प्रयोग गरेनौं । हस्पिटलभित्र ‘सोसल डिस्ट्यान्सिङ्’ पनि व्यावहारिक रूपमा सम्भव थिएन । तैपनि मलगायत केहीमा सङ्क्रमण भएनछ ।

अब कोरोनाभाइरस खासै सङ्क्रामक होइन भन्न त तथ्यले दिँदैन । केही महिनामा विश्वव्यापी बन्नुले नै यो कति छिटो फैलिन्छ भन्ने देखाउँछ । तर, आफ्नै अनुभव पनि त एउटा सत्य नै हो मेरा लागि । यो प्रचार भए जति र हामी डराए जति भयङ्कर पनि होइन रहेछ ।

सजग र सतर्क रहनुहोला, तर आत्तिनु जरूरी छैन । नलाग्ला, लागेछ भने पनि सिटामल छँदै छ । त्यसै पनि विश्वव्यापी लकडाउनका कारण प्रकृतिमा आएको चामत्कारिक स्वच्छताले तपाईंको प्रतिरोधक क्षमता बढेको छ । ‘पर्सनल हाइजिन’सम्बन्धी सजगता र चेतनाले गर्दा अन्य धेरै रोगबाट नजानिँदो गरी हामी बचेका छौं । कोरोनाभाइरसलाई मजाकको रूपमा भने नलिनुहोला । चार लाखभन्दा बढीले ज्यान गुमाइसकेको तथ्यलाई आँखा चिम्लिनु कत्ति उचित होइन । यसको अर्थ तरकारी या फलफूल किनेर खान नहुनेदेखि आफ्नै छरछिमेकसँग भलाकुसारी गर्न नहुने भन्नेचाहिँ होइन । सबैभन्दा बढ़ी छरछिमेकको ख्याल राख्नुपर्ने बेला यही हो । खासगरी मानसिक स्वास्थ्यका लागि पनि यो जरूरी छ ।

काम नपरी घर नछोड्ने, अपरिचित या घरबाहिरको मान्छेसँग भेट्दा कम्तिमा दुई मिटर टाढ़ा बस्ने र बाहिर गएर आएपछि राम्ररी साबुनपानीले हात धुने जत्तिको राम्रो सतर्कता शायद अरू नहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशीको नजरमा नेपालमा एफडीको सम्भावना

पार्क थेयङ । नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९

राजनीतिक व्यवसायी र कमिसनखोर व्यापारी घरानाको गठजोडबाट एउटा सन्तान जन्मियो, त्यो भ्रष्टाचार होइन र ?

डा. युवराज संग्रौला । १. २०२४ इ.स. ।  हरेक साल अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका

संसदीय समिति हाम्रोविरूद्धमा हो भन्ने भ्रामक कुरा हो, त्यसैले बनाइदिऔं समिति

गणेश कार्की । सहकारीको बिषयमा सभापति रवि लामिछानेबाट हिजो फेरि पनि फेसबुकमा पोस्ट

रामराम सा

डा. गोविन्दशरण उपाध्याय । आजभोलि ‘जैश्रीराम’ शब्द निकै लोकप्रिय छ । यसको लोकप्रियता