कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७८ पुग्यो
काठमाडौं । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णालीको सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार कालीकोट, दैलेख र सल्यानमा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।