संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सार्वजनिक गरेको नक्सा र संविधानको अनुसूचीलाई संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको छ ।

पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको प्रस्तावमा संविधान संशोधनका पक्षमा मतदानका लागि कांग्रेस संसदीय दललाई निर्देशन दिएको हो । कालापानी,लिपुलेक र लिम्पियाधुराको भुभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माले नेपालको भूमि फिर्ता गर्न भारतसंग उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक पहल गर्नुपर्ने र यस बिषयमा सरकारलाई सहयोग गर्ने बताए ।

संविधान संशोधनका बारेमा कांग्रेसलाई बिभिन्न आरोप लगाइएको भन्दै उनले राष्ट्रियताका बारेमा कांग्रेस दृढ रहेको बताए । त्यस्तै बैठकले कोरोना रोकथाम नियन्त्रण र रोकथामका लागि प्रयाप्त पहल गर्न र पिसिआरको जाँच र भेन्टिलेटरको संख्या बढाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै बिदेशमा रहेका नेपालीको अविलम्व उद्धार गर्न पनि कांग्रेसले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली

गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुँदैनः मन्त्री खड्का

संखुवासभा ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै

हिमवत्खण्ड सम्मिलन किन ?

काठमाडौं । हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै

रवि लामिछाने राजतन्त्रको लाइनमा थिए त ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहेको बताएको