कुटनीतिक तवरबाट सीमा समस्या समाधान होस् भन्ने हाम्रो चाहना छः परराष्ट्रमन्त्री



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवाद समाधान गर्न नेपाल सरकारले पटक पटक आह्वान गर्दा पनि भारत वार्तामा बस्न नमानेको बताएका छन् । आइतबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा उनले सीमाका नसुल्झिएका बिषयमा छलफल गर्न नेपाल सरकारले आह्वान गरेको वार्ता यसअघि पनि भारतले लत्याएको बताएका हुन् ।

सुगौलीसन्धी बिपरित भारत सरकारले नेपालको भूमि आफ्नो क्षेत्रमा राखेर यसअघि नक्सा जारी गरेको बताए । उनले भारतीय सुरक्षाकर्मीलाई बस्न मात्र दिएको यसअघि नै खुलेको भन्दै त्यसकै आधारमा नेपालको भूमिलाई भारतले कब्जा गर्न नमिल्ने तर्क गरे । उनले कालापानी नेपालको क्षेत्रमा भारतले सडक बनाएपछि नेपाल सरकार गम्भीर भएर नक्सा सार्वजनिक गरेको बताए ।

उनले आफ्नो क्षेत्रमा सुरक्षा निकायको तैनाथीका साथ आवश्यक पूर्वाधार बनाउँदै जाने धारणा पनि राखे । मन्त्री ज्ञवालीले अहिले पनि नेपालको चाहना कुटनीतिक तवरबाट समस्याको समधान गर्नु नै भएको दोहोर्याउँदै अन्य कुनै बिकल्प नसोचेको स्पष्ट पारे ।

त्यस्तै मन्त्री ज्ञवालीले स्वदेश फर्किन चाहनेलाई प्राथमिकताका आधारमा फर्काउने तयारी सरकारले गरिरहेको बताए । त्यस्तै उनले भ्रमण भिषामा गएका, स्वास्थ्य अवस्था गम्भीर भएको र कम्पनीमा भिषा सकिएकालाई पहिलो प्राथमिकतामा राखिएको जानकारी पनि दिए ।

बैठकमा समिति सदस्यहरुले नेपाल भूमि कब्जा गरेर भारतीय सुरक्षाकर्मी राख्दा मौन रहँदा अहिलेको अवस्था आएकाले सरकारले अब गम्भीर भएर यस बिषयमा समाधान खोज्नुपर्ने बताए । छलफलपछि बैठकले कुटनीतिक संवादमार्फत नेपालको भूमि प्राप्त गर्न राष्ट्रिय सहमतिका साथ ठोस पहल अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । त्यस्तै बैठकले विदेशमा समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन निर्देशन पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन-संवादः विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो

-केपी शर्मा ओली कोशी प्रदेश म आफैँसमेत निर्वाचित भएको प्रदेश हो । त्यसकारण

अग्रिम जमानतको कानुनी प्रबन्ध गर्दैछौँ : कानुनमन्त्री चौरसिया

वीरगञ्ज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले अन्य लोकतान्त्रिक मुलुकमा जस्तै

अग्रगामी एजेन्डामा जानुको विकल्प छैन, पछाडि फर्कने तर्फ कसैले सोच्छ भने परिणाम राम्रो हुन्नः अध्यक्ष प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी