कोरोना भाइरस मुक्त भएपछि नारायणी अस्पतालबाट नौ जना डिस्चार्ज
वीरगंज । वीरगंजको नारायणी अस्पतालबाट कोरोना भाइरस मुक्त भएका नौ जनालाई शनिबार डिस्चार्ज गरिएको छ । चार पटकसम्मको पीसीआर रिर्पोटमा नेगेटिभ देखिएपछि अस्पतालमा उपचाररत एक भारतीय सहित नौ जनालाई डिस्चार्ज गरिएको हो ।
बैशाख १४ गते देखि २१ गतेभित्र अस्पताल भर्ना भएका रौतहटका तीन जना, पर्साका तीन जना, बाराका दुई जना र एक जना भारतीयको रिर्पोट नेगेटिभ आएपछि डिस्र्चाज गरिएको नारायाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदक उपाध्यायले जनाकारी दिए ।
उनले डिस्चार्ज भएका भारतीयलाई छपकैयाका एक व्यक्तिको घरमा र अन्यलाई आ-आफ्नै घरमा कोरेन्टाइन बस्ने सुझावसहित विदा गरिएको बताए ।
वीरगन्जको नारयाणी र गण्डक अस्पतालको आईसोलेसन वार्डमा अब ८७ जना संक्रमित रहेका छन् । नारायणीमा ६२ र गण्डक अस्पतालको आइसोलेसनमा २५ जना रहेका छन् ।