कोरोना संक्रमणबाट विश्वमा तीन लाख ३४ हजारको मृत्यु
कोरोना भाइरस संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार नाघेको छ । शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार ५७ पुगेको छ । कोरोनाका कारण सबैभन्दा बढी अमेरिका, बेलायत, इटली, स्पेन, फ्रान्स, जर्मनी, रुस, ब्राजिल लगायतका देशमा परेको छ । कोरोना संक्रमणबाट अमेरिकामा ९६ हजारले ज्यान गुमाएका छन् ।
बेलायतमा ३६ हजार, इटलीमा ३२ हजार, फ्रान्समा २८ हजार, स्पेनमा २७ हजार, ब्राजिलमा २० हजार भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा १ लाख ५ हजार २९४ कोरोना संक्रमित थपिएका छन् ।