नारायणकाजी भन्छन्-अतिक्रमित भूमि फिर्ता ल्याउन एकढिक्का हुनुपर्छ



काठमाडौं । सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको भूमि फिर्ता ल्याउन सिंगो राष्ट्र एकढिक्का हुनुपर्ने बताएका छन् । बिहीबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा श्रेष्ठले इतिहासमा के भयो भन्ने बहस गर्नुभन्दा पनि नेपालको भूमि फिर्ता ल्याउन सिंगो राष्ट्र एकढिक्का हुनुपर्ने बताएका हुन् ।

उनले अहिले नेपालका नेतृत्वहरु पनि गम्भीर भएर भूमि फिर्ताका लागि लाग्नुपर्ने बताए । राजनीतिक परिवर्तनहरुलाई सुदृढ गर्न पनि अहिले राजनीतिकर्मीहरु त्यागको भावनामा अघि बढ्नुपर्ने उनको भनाई थियो । फरक प्रसंगमा उनले विदेशमा अप्ठेरो स्थितिमा रहेकाहरुलाई भने तत्काल फर्काउन सरकारले पहल गर्नुपर्ने बताए ।

बैठकमा समिति सदस्यहरुले अहिलेको संकटका बेला नेपालमा रहेका सांसद लगायत तलवी अधिकृत कर्मचारीहरुको २५ प्रतिशत तलव घटाउनुपर्ने सुझाव दिएका थिए । त्यस्तै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा बढाउनुपर्नेमा पनि उनीहरुले जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा छ, अब रोजगारीका अवसर सृजना गर्ने योजना बनाऔंः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धिगरी गरिबी निवारणलाई

कुशासनविरुद्ध एकीकृत समाजवादीद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा

किन चाहियो पूर्वविशिष्टलाई आजीवन सुविधा ?

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक नभएको बताएका

मुलुकमा सुशासन कायम गर्नका लागि तपाईको सुझाव के छ ?

काठमाडौँ । नेकपा एमालेको पूर्वपोलिटब्युरो सदस्य विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष छिन् । उनी