संघमा ३०० शैयाको अत्याधुनिक अस्पताल निर्माण गरिने
काठमाडौं । सरकारले कोरोना भाइरसका कारण नेपालभित्र कुनै मानिसको ज्यान जाने अवस्था आउन नदिने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ बाट ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको बताइन् ।
त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।
उनले संघमा ३०० श्य्याको अत्याधुनिक अस्पताल निर्माण गर्ने नीति रहेको जानकारी दिइन् । संघ र सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने, सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । हरेक अस्पतालको स्तरोन्नति गर्ने नीति सरकारको रहेको उनले बताइन् । महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको (एनसिडिसी) स्थापना गर्ने उनले बताइन् ।