सप्तरीमा एक जना कोरोना संक्रमित फेला, १२१ पुग्यो संक्रमितको संख्या
काठमाडौं । सप्तरीमा पनि कोरोना संक्रमण देखिएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडन नम्बर तीन १८ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशाला परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । यसअघि आजै कपिलवस्तुमा थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिकाका वडा नम्बर पाँच र बुद्धभूमि गाउँपालिका वडा नम्बर सात र दशका १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुष र अर्का एक जना उमेर नखुलेका पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना संत्रमण देखिएको मन्त्रालयले जनाएको छ ।