…ब्याकफायर भएपछि सबै दोषचाहिँ प्रचण्डको काँधमा तेर्स्याएर जस्टिफाइ गर्न खोज्ने !



नारायण गाउँले ।

यत्रो अवसर र शक्ति हुँदा पनि चुनाबी वाचा पूरा गर्नुको साटो यतिदेखि ओम्नीसम्म एकपछि अर्को काण्ड मच्चाउने, विष्णु पौडेलदेखि गोकुल बाँस्कोटासम्मलाई सामान्य छानबिनसम्म पनि हुन नदिई बचाउने, देश कोरोनासँग लड़िरहेको बेला राजदूत फिर्ता बोलाउने, अर्काको पार्टी फोड्ने भन्दै अध्यादेश ल्याउने, अनि त्यसको ब्याकफायर भएपछि सबै दोषचाहिँ प्रचण्डको काँधमा तेर्स्याएर जस्टिफाइ गर्न खोज्ने !

प्रचण्ड गलत होलान् तर अहिलेको अस्थिरता र बेमौसमी भाँडभैलोमा प्रचण्डमात्रै दोषी हुन् ? के अध्यादेश उनैले ल्याएको हो ? के कानुनी परामर्शबिनै एक घण्टामैं अध्यादेश प्रमाणीकरण गर्ने इतिहास उनैले कायम गरेको हो ? ‘अपहरण’ शब्द छोड़म्, तर देशभर अत्यावश्यक कामबाहेक घर छोड्न नपाइने कानुन लागू भएको बेला सरकारी खर्चमा निर्बाध मधेश-काठमाडौं गर्नेहरूलाई कुनै कानुन लाग्दैन ? बामदेव गौतम नेताको घरदैलोसम्म कुन हैसियतमा निर्बाध हिँडडुल गरिरहन्छन् ? के ती जनताभन्दा ठूला हुन् ? पौडेर नदी पार गर्ने नागरिकलाई नाङ्गै शहर डुलाएर प्रहरी चौकी लैजान मिल्ने कानुन मान्छे उठाउने नाममा खुला हिँडडुल गर्नेलाई चाहिँ नलाग्ने ? के यो सबै गर्ने प्रचण्ड हुन् ?

होलीवाइन काण्डमा भएको राज्यस्रोतको दुरुपयोग होस् या त्यसको प्रभाव स्वरूप गुठी नै मास्ने गरी आएको विधेयक होस्, के सबैको दोष प्रचण्डको मात्रै हो ? पाइपमा ग्यास र कोशीमा पानी जहाज रोक्ने काम प्रचण्डले नै गरेका हुन् ? के लिपुलेक र कालापानी समेटेर नक्सा जारी गर्न संसदीय समितिले दिएको निर्देशन नटेर्ने पनि उनीमात्रै हुन् ?

यो त चरम गैरजिम्मेबारी संस्कृति भयो । गलत आफू गर्ने तर तर जिम्मेबारी भने अन्तै भिड़ाउने । पहिलो दुई वर्ष कुनै कामको विरोध भयो भने बचाउका लागि देउबाको नाम अगाडि आउँथ्यो । सांसदको सुविधा बढ़ाउँदा होस् या राष्ट्रपतिलाई संसारकै महँगो हेलिकप्टर किन्दा होस् । देउबाकै पालामा निर्णय भएको र अहिले कार्यान्वयन भएको भनिन्थ्यो । वाइडबड़ी काण्ड पनि देउबाको अनुहार देखाएर सामसुम भयो ।

अहिले देउबा कार्ड पुरानो भयो । प्रचण्ड कार्ड सुरु भयो । आफै अध्यादेश ल्याएर भित्ऱ्याएको अस्थिरताको दोष प्रचण्डलाई दिएर आफूलाई जस्टिफाइ गर्ने प्रयास भइरहेछ । माधव नेपालदेखि झलनाथसम्मको असन्तुष्टि पनि प्रचण्डकै कारण हो भन्ने कथ्य स्थापित गर्ने प्रयास देखिन्छ । आम जनतादेखि पार्टीभित्रै झाँक्री लगायतका नेताले प्रकट गरिरहेको तीव्र असन्तुष्टि पनि प्रचण्डकै कारण हो भन्ने तर्क भइरहेछ ।

प्रचण्ड सत्ताका कुटिल खेलाड़ी हुन् । पद र शक्तिको भोक उनमा नहुने कुरो भएन । तर यो अस्थिरतामा उनको मात्रै हात छ भन्ने कोलीय तर्क गज्जपको छ । मानौं आफूहरूको हात कत्ति पनि छैन । यो इतिहासकै कठिनतम सङ्कटका बेला त्यस्तो बिखण्डनकारी अध्यादेश ल्याउनु र षड्यन्त्रको खेल खेल्नुभन्दा विश्वभर अलपत्र परेका मजदुरलाई देश फिर्तीदेखि रोजगारी र आम्दानी गुमाएर हातमुख जोड्न समस्या परेकाहरूको समस्याका बारे राष्ट्रिय बहस र सहमति खोजिएको भए यो अस्थिरता कसले ल्याउन सक्थ्यो र ? आफ्नै भँडुवा खेल उत्तानो परेपछि कम्तिमा जिम्मेबारी पनि आफै लिनु पर्ने र नागरिकसँग माफी माग्नुपर्ने होइन ?

राज्यकोषबाट तलब थाप्ने सल्लाहकारहरूले सही सूचना र सुझाब दिएर यो असन्तुष्टि एउटा व्यक्तिको होइन, आम सर्वसाधारणको हो भन्ने बुझाइदिए अलिकति सुधार हुन्थ्यो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पक्ष होस् या प्रतिपक्ष, आफ्नो भविष्यबारे मात्रै सोच्ने व्यक्ति असल नेता हुँदैन

नारायण गाउँले । देशभरि नै सहकारीमा हजारौँ जनताको अरबौं रुपियाँ डुबेको सत्य हो

अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !

नारायण गाउँले । चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै

शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

ओलीले किन बनाउँदैछन् रविलाई ‘मानवढाल’ ?

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले झापाको गिरिबन्धु टी–स्टेटको जग्गासम्बन्धी विवादमा गरेको फैसलाको