स्वीस सरकारद्वारा नेपाललाई ३० हजार पीसीआर टेष्ट किट हस्तान्तरण



काठमाडौं । स्वीस सरकारले नेपाल सरकारलाई रोश डायग्नोस्टिकको कोभिड–१९ परीक्षण गर्ने ३० हजार थान टीवमोलविल पीसीआर टेष्ट किट हस्तान्तरण गरेको छ ।

बिहीबार त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले उक्त किट हस्तान्तरण गरेकी हुन् ।

स्वीस सरकार विकास सहयोग (एसडिसि) को सहयोगमा चार हजार पिपिई सेट एक हजार इनफ्रारेड थर्मो्मिटर आठ हजार एन ९५ मास्क यसअघि नै हस्तान्तरण गरिसकेको छ । नेपाल सरकारलाई उक्त संस्थाले कोभिड–१९ को पूर्वतयारी, राहत र पुनस्र्थापनाका प्रयास सहयोग पुर्याउन पाँच लाखको कोष स्वीकृत गरेको छ ।

कोषले महामारी प्रभावित नेपालीको सामाजिक, आर्थिक असर घटाान एवं आवश्यकता र समावेशितामा आधारित कार्यमा प्रभावकारी सम्बोधन गर्नेछ । नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले ३० हजार किट सरकारलाई कोरोना भाइरस नियन्त्रण गर्न आवश्यक र महत्वपूर्ण परीक्षणलाई सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल

  काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि, ७ महिनामा लिए ९३ हजारले सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या