सचिवालय बैठकको बीचमै प्रधानमन्त्री उठेर हिंडेपछि स्थायी कमिटी बैठक अन्यौलमा



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक अनिश्चित भएको छ । बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २० गतेको निर्णयअनुसार सहमतिको प्रस्ताव तयार गर्न नसकेको जानकारी नेताहरुलाई गराएपछि बैठक नै अनिश्चित भएको हो ।

बैठकको कार्यसूची वा बैठकबारे नै के गर्ने भन्ने निर्णय दुई अध्यक्षले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि २० गते बसेको सचिवालयको निर्णय अनुसार स्थायी समिति बस्नका लागि अझैपनि गृहकार्य जारी रहेको जानकारी अध्यक्षद्वयले गराउनुभएको प्रवक्ता श्रेष्ठले बताए । सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष ओली भने आराम गर्न भन्दै निस्किएका थिए ।

प्रवक्ता श्रेष्ठले बैठकमा सके सबैजना बस्ने र सकिएन भने बैठकबाट निष्कने प्रावधान रहेको भन्दै प्रधानमन्त्रीले व्यवस्तता र शारिरीक कारण देखाउँदै बैठकबाट निस्किएको जानकारी दिए ।

नेकपाले बिहिबार ११ बजेका लागि स्थायी कमिटि बैठक बोलाएको थियो । पार्टीसँग सल्लाह नै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दुई अध्यादेश जारी गरेपछि नेकपामा विवाद चुलिएको छ । दुवै अध्यादेश वैशाख १२ मा फिर्ता गरे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री ओलीप्रति देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली

गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुँदैनः मन्त्री खड्का

संखुवासभा ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै

हिमवत्खण्ड सम्मिलन किन ?

काठमाडौं । हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै

रवि लामिछाने राजतन्त्रको लाइनमा थिए त ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहेको बताएको