दर्शनशास्त्रको कुरा



डा. गोविन्दशरण उपाध्याय ।

दर्शनशास्त्रले परमसत्य (ब्रहम) आत्मा, कर्म, स्वर्ग-नर्क तथा मोक्षको पूर्वअवस्थिति मानेर ज्ञान, भक्ति तथा कर्ममार्गको अनुशरण गर्दै मोक्ष पथमा निरन्तर अगाडी बढ्छन् | गृहस्थ होस् अथवा सन्यासआश्रममा रहेर निवृत्ति धर्मको पालन गर्न मिल्छ |

वैदिक ऋषिहरूले गृहस्थधर्ममा रहेर निवृत्ति धर्मको पालना गरेका थिए भने सनात्कुमारआदि ऋषिहरूले सन्यासआश्रममा रहेर निवृत्ति धर्मको पालन गरेका थिए | वैदिक दर्शनको अन्तिम लक्ष मोक्ष अर्थात् त्याग नै भए तापनि प्रबृत्ति धर्मको पालनलाई महत्व दिइएको छ |

वेदमा प्रबृत्ति र निवृत्ति मूलक दुवै उपासनाको निर्णय छ | वेदान्तले पूर्णतया निवृत्ति धर्मको विवेचना गरेको छ भने सांख्य, योग, न्याय-वैषेशिक, मीमांसाले भने प्रवृत्ति धर्मको अवलम्बन निवृत्तिपूर्वक गरिनुपर्नेमा जोड दिन्छ |

सनातन वैदिक धर्म र दर्शनमा पार्थक्य स्थापित गर्न मिल्दैन | जसले पश्चिमा विधिको अनुकरण गर्दै हिन्दू वैदिक संस्कृतिमा धर्म र दर्शन बीच पार्थक्य खोज्ने प्रयत्न गर्नेले असफलता प्राप्त गर्ने निश्चित छ | पश्चिमा दार्शनिक पद्यतिले वैदिक दर्शनको भेउ पाउँन सकिन्न |

वैदिक सनातन धर्म र दर्शनको आत्मा बुझ्नलाई सधैं स्वअध्ययन गर्नुपर्छ | गुरूशिष्य परम्परालाई श्रद्धापूर्वक स्वीकार गर्दै साधनारत हुनुपर्छ | साधनाका विभिन्न आयामहरू नियमपूर्वक पालन नगरी वैदिक दर्शनको उत्स प्राप्त गर्न सकिन्न |

वैदिक धर्म र दर्शन अत्यन्त संस्कृत भएको हुनाले पश्चिमाहरू र पश्चिमा पद्धतिको (साधनारहित दार्शनिक पद्ध्यति)को अनुशरण गर्ने विद्वानहरूका लागि निकै कठीन र काल्पनिक लाग्छ | गुरूशिष्य परम्परा अन्तर्गत रहेर विनम्रतापूर्वक वैदिक धर्म-दर्शनको साधना गर्नेहरूले वैदिक दर्शनको अमृतको अनुभूति गर्छन् र त्यो गौरवमय अनुभूतिको ऐनामा विश्वलाई प्रतिविम्वित गर्छन् |

वैदिक दर्शनशास्त्रका कर्म, ज्ञान र भक्ति यी तीनबटा साधनापथ छन् भने हरेक व्यक्तिले आफ्नो मूलप्रबृत्ति अनुसार ज्ञानमार्ग, भक्तिमार्ग र कर्ममार्गका साधना अवलम्बन गरेर मोक्ष प्राप्त गर्न सक्छ | ज्ञानमार्गीले मोक्ष, कर्ममार्गीले यज्ञ र भक्तिमार्गीले ईश्वर-सानिध्यका रूपमा निवृत्तिमार्गको प्राप्ति गर्छन् | एकत्वमा अनेकत्व र अनेकत्वमा एकत्वको साक्षात्कार वैदिक दर्शनको सरल, सहज तर साधनाजन्य अभिप्राप्ति हुन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म किन सामाजिक संजालसम्बन्धी विधेयक फिर्ता लैजानुपर्छ भन्दैछु ?

-सुमना श्रेष्ठ दुई वर्षको संसदीय अनुभवमा मैले धेरै नै विधेयकमा संशोधन हाल्ने, संशोधनको

निर्यात नै गर्न नसके पनि कति धेरै कुराको आयात प्रतिस्थापन हुनसक्थ्यो कि ?

नारायण गाउँले । एउटा यस्तो रुखबिरुवाको नाम सोच्नुहोस्, जुन प्लेट (थालकटौरा) देखि चम्चासम्म

प्रचण्डलाई लेखनाथको प्रश्नः पार्टीको निर्णयप्रति न प्रश्न उठाइयो, न इन्कार नै, अनि हामी गलत कसरी भइयो ?

लेखनाथ न्यौपाने । कमरेड प्रचण्डले हिजो हामी ४/५ जना साथीहरूको नामै लिएर विद्यार्थी

प्रयागराज महाकुम्भ जाँदै हुनुहन्छ ? यदि जाँदै हुनुहुन्छ भने थाहा पाउनै पर्ने कुरा

उदयराज ढकाल । अत्यन्तै आस्था साथै चासो र चर्चाको केन्द्र महाकुम्भ अहिले नेपाललगायत