कोरोना भाइरस चीनको भाइरोलोजी प्रयोगशालाबाट फैलिएको ट्रम्पको दाबी



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको भाइरोलोजी प्रयोगशालाबाट फैलिएको दाबी गरेका छन् । बिहीबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरस वुहानको प्रयोगशालाबाट फैलिएको हो भन्ने प्रमाण आफूले हेरेको दाबी गरेका हुन् ।

ट्रम्पले भने, “हो मसँग छ र मलाई लाग्छ, विश्व स्वास्थ्य सङ्गठनलाई लाज लाग्नुपर्ने हो किनकि उनीहरू चीनको जनसम्पर्क निकायजस्ता छन्।“ चीनले गल्तीले उक्त भाइरस बनाएको वा कसैले उद्देश्यका साथ यो बनाएको हुन सक्ने उनले बताए । “मलाई थाहा छैन चीनमा कति मानिसहरूलाई हिँडडुल गर्न दिइएन, तर उनीहरू अन्यत्र सबैतिर हिँडिरहेका थिए। त्यो एकदमै खराब हो। त्यो उनीहरूका लागि जवाफ दिन निकै गाह्रो प्रश्न हो,“ ट्रम्पले भने ।

बिहीवार न्यूयोर्क टाइम्सले ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले गुप्तचर निकायलाई उक्त भाइरस वुहानको प्रयोगशालाबाट निस्केको हो वा होइन भन्नेबारे जाँच गर्न निर्देशन दिएको खबर प्रकाशित गरेको थियो । अमेरिकी गुप्तचर समूहहरूले कभिड १९ रोग निम्त्याउने कोरोनाभाइरस मानव निर्मित वा आनुवंशिक रूपमा परिवर्तन गरिएको नभएको निक्र्यौल गरेको छ । नेशनल इन्टेलिजेन्सका प्रमुखको कार्यालयले उक्त भाइरस जनावरको सम्पर्क वा प्रयोगशाला दुर्घटना केबाट सुरु भएको थियो भन्नेबारे निकायहरूले हेरिरहेको जनाएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको एउटा प्रयोगशालाबाट भाइरस निस्किएको भनेका थिए । चीनले कोभिड १९ मानव निर्मित हो भन्ने सिद्धान्तको खारेज गरेको छ र अमेरिकी भनाइको आलोचना गरेको छ । ’डाइरेक्टर अफ नेशनल इन्टेलिजेन्स’को कार्यालयले कोभिड १९ को उत्पत्ति प्राकृतिक हो भन्नेबारे “वैज्ञानिकहरूको व्यापक सहमति रहेको“ बताएको छ । उक्त कार्यालयले अमेरिकी गुप्तचर निकायहरूलाई हेर्छ । “सङ्क्रमित जनावरको सम्पर्कमा आएर वा वुहानको एउटा प्रयोगशालाबाट दुर्घटना भएर यो भाइरसको उत्पत्ति भयो भन्ने सुनिश्चित गर्ने गुप्तचर निकायहरूले प्राप्त जानकारी र गुप्तचरी सूचनाका आधारमा परीक्षण गरिरहेका छन्,“ उसले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिम्बावेमा वर्षाका कारण २४ जनाको ज्यान गयो

हरारे । जिम्बाब्वेमा गत अक्टोबरदेखि वर्षाको कारण कूल २४ जनाको मृत्यु भएको छ

हुथी विद्रोहीद्वारा यमनका १५३ कैदी रिहा

यमन । यमनका हुथी विद्रोहीले शनिबार १५३ जना ‘द्वन्द्वसँग सम्बन्धित’ कैदीलाई रिहा गरेको

सुडानको डार्फर क्षेत्रको अस्पतालमा ड्रोन आक्रमण हुँदा ३० जनाको मृत्यु, दर्जनौँ घाइते

डार्फर। सुडानको डार्फर क्षेत्रको अल–फशेरमा रहेको अन्तिम अस्पतालमा ड्रोन आक्रमण हुँदा ३० जनाको

हमासले गाजामा बन्धक बनाएका चार इजरायली महिला सैनिक रिहाइको क्षण, तस्बिरमा

बीबीसी । हमासले शनिवार थप चारजना इजरायली बन्धकहरू छाडेको छ। गत आइतबार गाजामा