‘यी श्रमिक जागेका दिन पर्ख कणहरू !’



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिंडेर गन्व्यतिर गइरहेका नागरिकलाई रोक लगाउन प्रधानमन्त्रीले दिएको निर्देशनप्रति असन्तुष्टि जनाएका छन् ।

शुक्रबार राति ट्वीट गर्दै भट्टराईले प्रधानमन्त्रीको निर्देशनप्रति असन्तुष्टि जनाएका हुन् । उनले प्रधानमन्त्री काम पनि नगर्ने र बाटो पनि नछाड्ने भन्दै प्रधानमन्त्रीको काम गराई प्रति असन्तुष्टि जनएका हुन् । उनले लेखेका छन्, ‘सरकारको गति न ह.. न बाटो छोड्छ भने जस्तो भयो!मिडिया,सांसद,अदालत सबै चिच्याउँदा पनि लम्बे यात्रामा भोकै पैदल हिंडेका श्रमिकहरूको पीडाले यसलाई छुँदैछुँदैन! भूकम्पको वेलाजस्तो हामी सांसद र नागरिकले स्वतन्त्र पहल गरौं भने पनि स्वास्थ्य प्रोटोकलले नमिल्ने ! यी श्रमिक जागेका दिन पर्ख कणहरू!

प्रधानमन्त्रीले शुक्रबार दिउँसो बालुवाटारमा मन्त्रिपरिषद् सदस्यहरु, उच्चस्तरीय समन्वय समिति, कोभिड क्राइसीस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का पदाधिकारीसहितलाई बोलाएर लकडाउनको कडा पालना गराउन निर्देशन दिएका थिए ।

उनले जो जहाँ हिँडेर पुगेको छ त्यही बस्ने व्यवस्था गर्न र खानबस्नका लागि स्थानीय र प्रदेश सरकारले व्यवस्थापन गर्न निर्देशन दिएका थिए । यता शुक्रबारै सर्वोच्च अदालतले पनि अलपत्र नागरिकलाई निःशुल्क गन्तव्यसम्म पुर्याउन सरकारलाई आदेश दिएको थियो । तर प्रधानमन्त्रीले त्यसको बेवास्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनताको सेवामा पूर्ण  समर्पित हुन  नेता कार्यकर्तालाई राप्रपाको आह्वान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले  कोभिड–१९ संक्रमणबाट जोगिन भौतिक दूरी कायम र मास्कको

वीर अस्पतालको नयाँ भवनलाई केन्द्रीय कोरोना अस्पताल बनाउने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौँ । सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने

प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ

२८ सांसदलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद