‘राजा, मन्त्री र गुरुले धन संग्रह गर्नु हुन्न’



शारदा प्रसाद त्रिताल ।
रामायणका अनुसार राजा दशरथका छोरा राम सहित चारै भाइको शिक्षा ऋषि बशिष्ठले पूरा गराएपछि शिक्षार्थीहरुको विदाइको दिन निश्चित हुन्छ ।

राजकुमारहरुलाई लिन महामन्त्री सुमन्त राजकुमारहरुको लागि भेषभुषासहित राजाको तर्फबाट अनेकौं बहुमूल्य वस्तुहरु गुरु दक्षिनास्वरुप लिएर ऋषि आश्रम पुग्छन् । महामन्त्रीले गुरु दक्षिना स्वीकार गर्न ऋषिलाई आग्रह गर्छन् । गुरु दक्षिना रामबाट मात्र लिने राजाबाट नलिने भनी गुरुले अस्वीकार गर्छन् र भन्छन् कि यो सबै चीज लगेर राजालाई बुझाइदनू ।

महामन्त्री सुमन्तले नयाँ प्रस्ताव राख्दै भन्छन् सो बहुमूल्य सामान आश्रमको कोषमा संग्रह गरिराख्नुहोस् । गुरु रिसाउँदै भन्छन्-राजा, मन्त्री र गुरुले धन संग्रह गर्नु हुन्न । राजाले धन संग्रह गरेमा जनता गरीब हुन्छन् र राष्ट्र नै गरीब हुन्छ ।

मन्त्रीले धन संग्रह गर्न लागेमा भ्रष्टाचार हुन थाल्छ र अराजकता बढ्छ । गुरुले धन संग्रह गर्न थालेमा शिक्षाको मूल्य मान्यतामा ह्रास आउँछ र मूर्खहरुको साम्राज्य फैलिन्छ ।

त्रिताल, नेपाल सरकारका पूर्वसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अभियान र अभियन्ता एकै होइनन्

नारायण गाउँले । मलाई पनि सामाजिक अभियन्ता भनिने कतिपयका कतिपय कुरा कत्ति पनि

नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण नगरे राप्रपा विघटन हुने गम्भीर खतरा छ

दिलनाथ गिरी । राप्रपालाई कुरूप बनाउने तीन घुँडे रथका संवाहकको प्रतिस्पर्धाबाट झण्डै १८

विपदसँग जुध्ने योजना बनाउन अब राष्ट्रिय पुनर्निर्माण मन्त्रालय गठन गरौं

केशवप्रसाद भट्टराई । बाढी, पहिरो र डुबानको समस्यालाई मानवीय क्षमताले सम्भव हुने हदसम्म

त्याग गर्ने प्रवृत्तिमाथि ग्रहण लागेको समयमा देखियो हरिश्चचन्द्र भाव

राजेन्द्र गुरुङ । त्याग गर्ने प्रवृत्तिमाथि ग्रहण लागेको समयमा हरिश्चचन्द्र भाव देखियो ।