‘राजा, मन्त्री र गुरुले धन संग्रह गर्नु हुन्न’



शारदा प्रसाद त्रिताल ।
रामायणका अनुसार राजा दशरथका छोरा राम सहित चारै भाइको शिक्षा ऋषि बशिष्ठले पूरा गराएपछि शिक्षार्थीहरुको विदाइको दिन निश्चित हुन्छ ।

राजकुमारहरुलाई लिन महामन्त्री सुमन्त राजकुमारहरुको लागि भेषभुषासहित राजाको तर्फबाट अनेकौं बहुमूल्य वस्तुहरु गुरु दक्षिनास्वरुप लिएर ऋषि आश्रम पुग्छन् । महामन्त्रीले गुरु दक्षिना स्वीकार गर्न ऋषिलाई आग्रह गर्छन् । गुरु दक्षिना रामबाट मात्र लिने राजाबाट नलिने भनी गुरुले अस्वीकार गर्छन् र भन्छन् कि यो सबै चीज लगेर राजालाई बुझाइदनू ।

महामन्त्री सुमन्तले नयाँ प्रस्ताव राख्दै भन्छन् सो बहुमूल्य सामान आश्रमको कोषमा संग्रह गरिराख्नुहोस् । गुरु रिसाउँदै भन्छन्-राजा, मन्त्री र गुरुले धन संग्रह गर्नु हुन्न । राजाले धन संग्रह गरेमा जनता गरीब हुन्छन् र राष्ट्र नै गरीब हुन्छ ।

मन्त्रीले धन संग्रह गर्न लागेमा भ्रष्टाचार हुन थाल्छ र अराजकता बढ्छ । गुरुले धन संग्रह गर्न थालेमा शिक्षाको मूल्य मान्यतामा ह्रास आउँछ र मूर्खहरुको साम्राज्य फैलिन्छ ।

त्रिताल, नेपाल सरकारका पूर्वसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुकको निजामती प्रशासन कस्तो हुनुपर्छ ?

-गजेन्द्रकुमार ठाकुर ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका

बौद्धचिन्तनको दोश्रो पाटो

डा. गोविन्दशरण उपाध्याय । सिद्धार्थ गौतम राजकुमार थिए । तर त्यो राजवंश कुनै

नेपाली राजनीतिमा ‘अन्धभक्त’को पुजामा मौलाएको ‘हिरोवाद’

-डा. युवराज संग्रौला  नेपाली राजनीतिमा दुईवटा विकृतिले, जरा गाडेका छन् । १. जो

कुनै पुरुषले तपाईंको इच्छाविपरीत ब्रत बस्न जबरजस्ती गर्यो भने….

नारायण गाउँले । विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन्