त्यसो भए साना व्यापारी र पसलेबाट जफत गरेका मास्क फिर्ता दिऊँ



सरकारले लागतभन्दा २०% महँगोमा सप्लायरसँग सामान किनेको त आफै स्वीकार गर्यो । यो भनेको सरकारी हिसाबले पनि २५ करोड़ रुपियाँ बढ़ी हो ।

सरकारले भ्रष्टाचार गरेन रे, तर यस्तो सङ्कटका बेला समेत आफ्नै सरकारसँग अनुचित नाफा कमाउन खोज्ने सप्लायरको लाइसेन्स खारेजी गरेर अब आइन्दा ठेक्कापट्टा गर्न नपाउने बनाऊँ न त ।

सङ्कटमा मूल्य होइन, सामान बेच्नु नै ठूलो कुरो हो भन्ने हो भने हिजो साना व्यापारी र पसलेबाट जफत गरेका मास्क फिर्ता दिऊँ । जसबाट जफत गऱ्यौं, तिनले आफै उत्पादन गरेका होइनन् ।

किन्दा महँगो परेको पनि त हुन सक्थ्यो । तर हामीले ‘प्वाइन्ट अफ सेल’ लाई दोषी भनेर प्रचार गऱ्यौं । टिभीमा देखायौं । ठूलो व्यापारीलाई कालोबजारी गर्न छुट र सानालाई बन्देज त पक्कै नहोला । अब तिनको फोटो टिभीमा देखाऊँ, जसले यस्तो मानवीय सङ्कटमा समेत देशलाई गद्दार गरे, सरकारलाई ठगे र बदनाम गरे ! सानाठूला सबैलाई एउटै मानदण्ड अपनाऊँ ।

नारायण गाउँले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यथार्थवाद भित्रको आदर्शवाद

-डा. गोविन्दशरण उपाध्याय । नेपालमा मात्र होइन विश्वमै केही आफूलाई यथार्थवादी भन्ने तर

राजाबाट नागरिक हुँदा

डा. गोविन्दशरण उपाध्याय । राजा र राजतन्त्र मन पराउनु वा मन नपराउनु फरक

सेनाका कुरा

-सुरेश आचार्य चालू संविधान आएदेखि नेपालको सैनिक संगठन स्वतन्त्र निर्णय गर्न सार्वभौम छ

गिरिजाबाबुले नै हो ‘राजा’ फालेको

-डा शोभाकर पराजुली २०६३ साल जेठतिर । जनआन्दोलनको रापताप सेलाइसकेकै थिएन । जेठ