ईयूका मुलुकले एक महिना सीमा बन्द गर्ने



अमेरिका र ब्रिटेनका सरकारले कोरोनाभाइरस सङ्क्रमणको महामारीका कारण धर्मराएको अर्थतन्त्रलाई त्राण दिन ठूला राहत योजनाको घोषणा गरेका छन्। अमेरिकी अर्थमन्त्रीका अनुसार १० खर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन लागिएको छ।

ब्रिटेनले भाइरसको असरबाट प्रभावित व्यवसायहरूलाई झन्डै ४०० अर्ब डलरको ऋण जमानी दिने घोषणा गरेको छ। अमेरिकी अर्थमन्त्री स्टीभ मनूशिनले झन्डै १० खर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन आवश्यक विधेयक पारित गर्न आफूले छिट्टै कङ्ग्रेसमा छलफल गर्ने बताएका छन्।

त्यसअघि द वाशिङ्टन पोस्ट पत्रिकाले ट्रम्प प्रशासनले कोरोनाभाइरसको महामारीसँग सङ्घर्ष गर्न ८५० अर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन लागेको जनाएको थियो। राष्ट्रपति डोनल्ड ट्रम्पले पनि आफ्नो सरकार भाइरससँग सङ्घर्ष गर्न कडा रूपमा प्रस्तुत हुन लागेको बताएका छन्।

उनले भने, “हाम्रो योजना ठूलो र कडा रूपमा अघि बढ्ने हो। हाम्रो देश बलियो छ, यति बलियो कहिले पनि थिएन। यो अदृश्य शत्रुका कारण हामी वायुसेवा वा अरू कुनै पनि व्यवसाय बन्द भएको र मानिसहरू बेरोजगार भएको हेर्न चहादैनौँ। जब कि चार हप्ताअघि सम्म स्थिति निकै राम्रो थियो।”

भाइरस अहिले अमेरिकाका ५० वटै राज्यमा फैलिसकेको छ र त्यहाँ १०० जनाभन्दा बढीको ज्यान गइसकेको विवरण छ। विश्वभरि झन्डै दुई लाख मानिस सङ्क्रमित भएका र झन्डै ८,००० जनाको ज्यान गइसकेको छ।

ब्रिटेनका प्रमुख अर्थमन्त्री रिशी सुनकले धराशायी हुन लागेका व्यवसायको राहतका लागि सरकारले झन्डै ४०० अर्ब डलरको ऋण जमानी दिने घोषणा गरेका छन्। युरोपका कारनिर्माताहरूले कोरोनाभाइरस सङ्क्रमणबीच सबै कारखानाहरू अस्थायी रूपमा बन्द गर्न लागेका छन्।

युरोपेली सङ्घ ईयूले कोरोनाभाइरस थप फैलिन नदिन, आउने ३० दिनसम्म अधिकांश ब्रिटेन स्विट्जरल्यान्ड र अन्य तीन देशबाहेक सबै विदेशीलाई आफ्नो क्षेत्रमा प्रतिबन्ध लगाउने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक