ह्वाइटहाउसमा नमस्कार



एकअर्कालाई भेट्दा नमस्कार गरी अभिवादन गर्ने हामी नेपालीहरुको पुरानो चलन हो । तर पछिल्लो समय साथी भाइ भेट्दा हात उठाउने र हात मिलाउने प्रचलन बढी छ । अझ पश्चिमाहरु त एकअर्कालाई भेट्दा अँगालो हालेर गाला जोड्ने गर्छन् । तर संसारभर कोरोना भाइरसको सक्रमण फैलिएपछि अहिले नमस्कार गरी साथीभाइलाई स्वागत गर्ने प्रचलन विश्वमै सुरु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयरल्यान्डका प्रधानमन्त्री लिओ भरदकरले एकअर्कालाई नमस्कार गरी अभिवादन गरेको तस्वीर सार्वजनिक भएको छ । बिहीबार राष्ट्रपति ट्रम्पको ओभल अफिसमा भएको भेटघाटमा उनीहरूले एक अर्कासँग हात मिलाउनुको साटो नमस्कार गरेका हुन् । ट्रम्प नमस्कार गर्ने चलन भारत भ्रमणबाट सिकेको बताएका छन् ।

त्यसैगरी बेलायती राजकुमार चाल्र्सले पनि एक कार्यक्रममा सहभागी हुने क्रममा सबैसँग नमस्कार गरी अभिवादन गरेका छन् । कोरोनाको संक्रमणका कारण नमस्कार अब विश्वव्यापी बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु

भारतमा ६ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । प्रचण्ड

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न