कोरोना भाइरसको चरम महामारी समाप्त भयोः चीन



चीनले कोरोना भाइरसको चरम महामारी समाप्त भएको घोषणा गरेको छ । बिहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमार्फत चीनमा कोरोनाको उच्च जोखिम सकिएको बताएका हुन् ।

पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम कम भएपछि यस्तो घोषणा आएको हो । प्रवक्ता फेङले भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तमा बुधबार ८ जनामा मात्रै संक्रमण देखिएको जानकारी दिए । त्यस्तै बुधबार हुबेईबाहिर जम्ममा ७ जनामा संक्रमण देखिएको र त्यसमध्ये पनि ६ जनामा आयातित संक्रमण भएको उनले जानकारी दिए ।

बिहीबारसम्म चीनमा कोरोना संक्रमणबाट ३ हजार एक सय ६९ जनाको मृत्यु भएको छ भने ८० हजार ७ सय ६९ जनामा संक्रमण देखिएको छ । मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङ हुबेईको वुहानका विभिन्न अस्पताल पुगेर बिरामी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरुलाई भेटेका थिए ।

चीनले पछिल्लो समय बिरामी निको भएको भन्दै १६ वटा अस्थायी अस्पतालहरु बन्द गरिसकेको छ । चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण पछिल्लो समय इटाली, कोरिया, जापान, इरान लगायत मुलुकमा फैलन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोभिड संक्रमितका अनुभवलाई प्राथमिकताका साथ सुन्न स्वास्थ्यकर्मीलाई डब्लुएचओको आग्रह

कोभिड–१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ

भारत र पाकिस्तानका सेनाबीच गोली हानाहान रोक्ने सहमति

भारत पाकिस्तानका सेनाबीच भएको वार्तामा दुवै पक्ष फेब्रुअरी २४ मध्यरातदेखि सीमाक्षेत्रमा गोली हानाहान

भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

भेनेजुएलाले युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ ।

आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी आपूर्ति प्रणालीलाई सुदृढ गरी उत्पादन उद्योग (म्यानुफ्याक्चरिङ) मा