अब पार्टी फुटको शिकार हुँदैन, एकढिक्का भएर अघि बढ्ने होः कमल थापा



काठमाडौं । रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब पार्टीलाई फुटको अवस्था आउन नदिने प्रतिवद्धता जनाएका छन् । राप्रपा संयुक्तसँग एकता हुनुअघि मंगलबार काठमाडौंमा राप्रपा केन्द्रीय कार्यसमितिको बिशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यसअघि विविध कारणले पार्टी फुटको शिकार हुँदै आएपनि अव भने पार्टी एकढिक्का भएर अघि बढ्ने बताएका हुन् ।

उनले व्यवहारिक रुपमा नै अब पार्टी फुट्ने कुनै अवस्था नरहने विश्वास पनि व्यक्त गरे । उनले नयाँ पार्टीसँग नयाँ परिवेशमा नभइ हिजोको दिनमा सँगै बसेर काम गरेकाहरुसँग एकता हुन लागेको भन्दै सहज रुपमा एकता अघि बढ्ने जिकिर गरे ।

अध्यक्ष थापाले एकीकृत पार्टीको आर्थिक व्यवस्थापन पारदर्शी र व्यवस्थित ढंगबाट संचालन गर्न आवश्यक कार्यविधि बनाउने जानकारी पनि दिए । एकीकृतपछि पार्टीको नीति र सिद्धान्त सवै धर्मका बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र तथा सवै पक्षहरुलाई चित्त बुझ्ने सहमति र साझा संस्थाको रुपमा राजसंस्था सहितकोप्रजातन्त्र हुने अध्यक्ष थापाले बताए ।

देशमा बलियो राष्ट्रवादी प्रजाताान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ राप्रपा र राप्रपा(संयुक्त)बीच एकीकरण गर्ने निर्णयका साथ हस्ताक्षर गरिएको थापाले बताए । दुई पार्टीको औपचारिक घोषणा भने बुधबार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली

गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुँदैनः मन्त्री खड्का

संखुवासभा ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै

हिमवत्खण्ड सम्मिलन किन ?

काठमाडौं । हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै

रवि लामिछाने राजतन्त्रको लाइनमा थिए त ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहेको बताएको