ल ‘नमस्कार’ गरौँ !



डा. प्रदीप ढकाल
‘नमस्कार’ अभियानलाई अझै व्यापक बनाऔँ । हाम्रो राम्रो कुरालाई हामी स्वयम्ले पहिचान गरेर उजागर र प्रवद्र्धन गर्नुपर्दछ । हाम्रो राम्रो संस्कार पनि अर्को गोलाद्र्धका साथीहरूले ‘राम्रो हो’ भनिदिएपछि मात्र ‘ए राम्रो रहेछ’ भनेर अङ्गीकार गर्ने प्रवृत्ति हामीकहाँ रहिआएको छ । योग, संस्कृत भाषा, वैदिक साहित्य आदि अर्को गोलाद्र्धका बासिन्दाले ‘ए यो त सार्वभौम विषय रहेछ’ भनेपछि मात्रै हामीले यसको महत्व बुझ्न थालेका छौँ ।

अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका आम मानवहरू त्रस्त छन् । एकआपसमा हात मिलाउनुको साटो अभिवादनका लागि ‘नमस्कार’ गर्दा यी र यस्ता धेरै किटाणुहरू एकअर्कामा सर्न पाउँदैनन् ।

हाम्रो अभिवादन ‘नमस्कार’ हो । छातीको अगाडि लगेर दुवै हात जोडी शीरलाई थोरै झुकाएर गरिने ‘नमस्कार’ नै नेपाली अभिवादन हो । नमस्कारमा अभिवादन गर्ने र लिने दुवैको अहङ्कार झुक्दछ । नमस्कारमा प्रार्थना अन्तरनिहीत छ । ममा रहेको ईश्वरीय अस्तित्व तिमीमा पनि छ; त्यो ईश्वरीय अस्तित्वलाई यो अस्तित्वले श्रद्धा गर्दछ, नमन गर्दछ भन्ने भाव यसमा रहेको छ । हृदयदेखि नै म नमन गर्दछु भन्ने भाव व्यक्त गर्ने यही ‘नमस्कार’ लाई सबैतिर फैलाउनु छ ।

ल आउनुस जब जब हामी एकअर्कामा भेट्दछौँ तब तब हामी ‘नमस्कार’ गरौँ ।

नमस्कार !

ढकाल पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी