सरकारको काममा बाधा अवरोध सृजना गरियोः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बदल्ने अठोटका साथ अघि बढिरहँदा नकारात्मक प्रवृतिको सामना गर्नुपरेको बताएका छन् । ७० औं प्रजातन्त्र दिवसका अवसरमा बुधबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको आभास जनस्तरसम्म विस्तार गर्ने क्रममा सरकार लागिरहेका बेला अवरोध सृजना भएको बताएका हुन् ।

उनले विकास निर्माणमा बाधा हाल्ने तथा वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने काम भएको भन्दै त्यस्ता प्रयासलाई पराजित गर्नुपर्ने बताए । प्रधानमन्त्रीले नेपाललाई सन् २०३० भित्रमा दिगो विकासका लक्ष्यहरु हासिल गर्ने अठोट गरे ।

उनले भने,‘हामी सन् २०२२ सम्ममा नेपालाई अति कम विकसित मुलुकको स्तरबाट स्तारोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकासका लक्षहरु हासिल गर्ने अभियानमा छौं ।’ सरकारले गर्नुपर्ने कामहरुको सूची लामो भएकाले सरकार समृद्धिको यात्रामा लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारले केही काम सुरु गरेको, केही गर्ने क्रममा रहेका र केही सम्पन्न भइसकेका बताए ।

उनले सरकार बिल्कुलै नयाँ राज्य प्रणालीको अभ्यासमा रहेकाले बदलिएको प्रणालीलाई हिंडाउन चुनौतिपूर्ण रहेको बताए । प्रधानमन्त्रीले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई अन्त्य गरिएको र अब समृद्ध नेपालको निर्माणमा योगदान गर्नुको बिकल्प नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार