महराको थुनछेक बहस आज हुँदै



काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज हुँदैछ । जबरजस्ती करणी उद्योगमा मुद्दा खेपिरेहका उनले शुक्रबार काठमाडौं जिल्ला अदालतमा ५ घण्टा बन्द इजलाशमा बयान दिएका थिए ।

जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशमा महराको बयान भएको हो । महरालाई पक्राउ गरेको २५ दिनपछि बिहीबार मुद्दा दर्ता भएको थियो ।

मुलुकी अपराध संहिताको दफा २१९ (३) अनुसार १८ वर्षभन्दा बढी उमेरकी महिलासँगको करणीमा न्यूनतम सातदेखि अधिकतम १० वर्षसम्म कैदको व्यवस्था छ ।

महराको हकमा करणी उद्योगमा मुद्दा दर्ता गरिएकाले उक्त सजायको आधामात्र मागदाबी छ । जसअनुसार कम्तीमा साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद दाबी गरिएको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले कसुर गरेकाले अभियोगपत्रमा थप डेढी सजाय माग गरिएको छ ।

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा १५ (२) को (ङ) अनुसारको सजाय दाबी गरिएको छ । दुबै मागदाबी अनुसार महरामाथि न्यूनतम पाँच वर्ष तीन महिना तथा अधिकतम सात वर्ष छ महिना कैद सजाय हुन सक्नेछ । थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा वा सामान्य तारेखमा रिहा गर्ने आदेश हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपाको ऊर्जा तथा जलस्रोत विभागकाे विज्ञ सल्लाहकारमा पूर्व सचिवत्रयहरु मनोनित

काठमाडौं, असार २९ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागले ऊर्जा

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको अग्रसरतामा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

काठमाडौं । देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको

अध्यात्मको मार्गमा गुरु किन चाहिन्छ ?

अध्यात्म विकासमा गुरुको मार्गनिर्देशन चाहिनुमा खास कारण छ । भौतिक जगतको जीवन राजमार्ग

११ कक्षामा किन दिउँसोको सिफ्टमा नै भर्ना गर्ने ?

एसइइको नतिजा आएको केहि दिन भएको छ । यति बेला अभिभावक तथा एसइइ