शिक्षामा जति लगानी गर्नुपर्ने हो त्यो अझै पुगेको छैनः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विकास र समृद्धिको नयाँ युगतर्फ जाने प्रक्रियामा रहेको बताएका छन् । चन्द्रागिरि नगरपालिका वडा नं १५ तीनथानामा शनिबार आयोजित ‘वडाध्यक्ष शैक्षिक विकास कोषको दोस्रो वार्षिकोत्सव सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रमलाई सम्बोधन गर्दैै प्रचण्डले प्राथमिकता निर्धारण गरेर मुलुकको समृद्धिको यात्रा तय गरिएको बताए । शिक्षा क्षेत्र विकसित मुलुकको प्राथमिकतामा रहेको उदाहरण पेश गर्दै उनले अबको लगानी शिक्षा क्षेत्रमा गरिनुपर्नेमा जोड दिए । “अबको लगानी शिक्षामा हुनपर्छ, शिक्षा नीति निर्माण गर्दा ध्यान दिनुपर्छ”, अध्यक्ष प्रचण्डले भने, “अहिले हाम्रो पार्टी र सरकारले शिक्षामा लगानी वृद्धिका साथै शिक्षा नीतिमा आमूल सुधार गर्ने तयारी गरेको छ ।”

निर्वाचनका क्रममा चुनावी घोषणापत्रमा भनिए जसरी नै शिक्षामा लगानी अभिवृद्धि गर्न नसकेको उनले बताए । “शिक्षामा जति लगानी गर्नुपर्ने हो त्यो अझै पुगेको छैन”, प्रचण्डले भने, “नीतिगत सुधार जति गर्नुपर्ने हो त्यति भएको छैन, अझै नीतिगत सुधारको आवश्यकता छ ।” शिक्षा क्षेत्रको सुधारबाट नै नयाँ युगको शुरुआत हुने बताउँदै उनले शिक्षामा जागरण नल्याई समृद्धि सम्भव नहुने प्रष्ट पारे ।

जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई नियोजित ढङ्गबाट प्रहार गर्न नेतृत्वविरुद्ध षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले त्यस्ता षड्यन्त्रलाई जनताको शक्तिले पररास्त गर्ने बताए ।

कार्यक्रममा नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले दुई पार्टीबीचको एकता प्रक्रियाबाट संसारभरका कम्युनिष्ट पार्टीले पाठ सिक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा रहेको युुवा वर्ष आधारभूत विद्यालयको तीन वटा

खोटेहाङमा निर्मित विद्यालयको प्रशासनिक भवन सञ्चालन

खोटाङ । खोटेहाङ गाउँपालिका-७ खोटाङबजारस्थित भगवती दिनानाथ माध्यमिक विद्यालयको तीनतले प्रशासनिक भवन सञ्चालनमा

विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा दिइने

काठमाडौं ।  सरकारले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने