प्रधानसेनापति प्रशंसा निशानबाट दश सैनिक सुशोभित



काठमाडौं । प्रधानसेनापति sले ‘प्रधानसेनापति प्रशंसा निशानबाट’ नेपाली सेनाका विभिन्न दर्जाका दश सैनिकलाई सुशोभन गरेका छन् । बेलायतको बेल्स ब्रेकनमा विसं २०७६ असोज २४ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालित ‘एक्सरसाइज कम्बरियन पेट्रोल २०१९’ मा अभ्यासमा सहभागी भई स्वर्णपदक विजेता अधिकृत, पदिक तथा अन्य दर्जालाई उनले निशान प्रदान गरेका हुन् ।

बेलायत, नेपाल र विश्वका ३४ देशका १४० सैन्य टोलीको सहभागिता रहेको सो सैन्य अभ्यासलाई विश्वस्तरीय मानिन्छ । नेपाली सेनाले सन् २०१४ देखि सो अभ्यासमा सहभागिता जनाउँदै आएको थियो । बेलायतले सन् १९६० देखि अभ्यास सञ्चालन गर्दै आएको छ ।

निशान प्राप्त गर्नेमा प्रमुख सेनानी असीमदीप गुरुङ, सहसेनानी कसम श्रेष्ठ, जमदार वसन्त रावत, हुद्दा निरोज अधिकारी, प्युठ युविन अम्गाई, प्रदीपकुमार दर्लामी, अर्जुन मोक्तान, ध्रुव अधिकारी, सिपाही कौशल भुजेल र सन्तोष श्रेष्ठ छन् ।

सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले ती सैनिकलाई प्रशंसा निशान प्रदान गर्दै नेपाली सेनाको गौरममय इतिहासलाई विश्वसामु जीवन्तरूपमा परिचित गराउन अहम् भूमिका खेलेकामा स्वर्णपदक विजेता सैनिकलाई धन्यवाद एवं बधाई दिए ।

अभ्यासमा विशेषगरी युद्धकालीन विशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत समेटेर सञ्चालन गरिन्छ । यसमा विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्याङ्कन गरिन्छ ।

अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीहरूले दुई दिनभित्रमा हतियार तथा करीब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्ने क्रममा सहभागी टोलीको लडाइँको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा खटिनुपर्छ ।

निर्धारित स्थानहरूसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापन, बिस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमतालगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कतासमेतका अनेकन दक्षताहरूको परीक्षण अभ्यासमा क्रममा गरिन्छ ।

सो अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व श्री विशेष फौज बाहिनी, श्री पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका टोली सहभागी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा तथा पदस्थापन, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी)मा

प्रदर्शनकारीमाथि बल प्रयोग गर्नुपर्ने अवस्था आए मानव अधिकारको सम्मान गर्न एआईजी तामाङको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले काठमाडौ उपत्यकामा हुने कुनै

कृष्णमोहनका सपना साकार पार्न संगठन क्रियाशील छः आईजीपी अर्याल

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी राजु अर्यालले स्वर्गीय कृष्णमोहन श्रेष्ठले देखेको