सी भ्रमणलाई लक्षित गरी यसरी गरिँदैछ सुरक्षाको तयारी



काठमाडौं । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई लक्षित गरेर सरकारले सुरक्षा तयारी थालेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ‘जेड प्लस’ तहको विशिष्ट सुरक्षा प्रदान गर्ने सरकारी योजना छ ।

गृह मन्त्रालयका अनुसार जिनपिङको सुरक्षा चुनौतीलाई विश्लेषण गरेर सर्वोच्च तहको सुरक्षा दिन लागिएको हो । अधिकृतहरुका अनुसार यो सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ ।

जेड, वाई र एक्स सुरक्षा व्यवस्थामा क्रमशः २२, ११ र २ जना विशेष कमाण्डो खटिने गर्छन् । यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डो सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुने बताइएको छ भने टोलीका सदस्य अत्याधुनिक हातहतियार र सञ्चार उपकरणले सुसज्जित हुनेछन् ।

जिनपिङको भ्रमण पूर्व परीक्षण उडानका लागि बुधबार एउटा जाहज काठमाडौं आएर फर्किएको छ । बोइङ ७४७–८०० विमान आएर फर्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

सरकारले युवालाई बिना धितो दुईदेखि २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने

काठमाडौँ । सरकारले युवालाई बिना धितो  दुई लाखदेखि  २० लाखसम्म सहुलियत कर्जा उपलब्ध

युवालाई प्रमुख वाहकका रुपमा परिचालन गरिने

काठमाडौँ । सरकारले युवालाई आर्थिक र सामाजिक रुपान्तरणका प्रमुख वाहकका रुपमा परिचालन गर्ने

विदेशबाट फर्किएर मौरीपालन, वार्षिक एक हजार ९५० किलो मह उत्पादन

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा